२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउन पछि नेपालको आर्थिक विकास

लकडाउन पछि नेपालको आर्थिक विकास

 

क्षितिज भूपति कौडील्य

लकडाउन पछी नेपालको आर्थिक विकास द्रूतगतिमा हासिल गर्न सकिन्छ |नेपालमा तत्काल गर्न सकिने भनेको नेपाल राष्ट्र बैंक मार्फत वाणिज्य, सहकारी, फाइनान्स कम्पनी हरुलाई एक योजना अन्तर्गत साना किसान र विपन्न वर्गहरुको श्रमको सही तरिकाले सदुपयोग गराउनुमा हुनेछ । यस योजनाले सरकारमा आर्थिक भार हुँदैन तर ति साना किसानहरुको जिवनस्तरलाइ भने माथि उठाउनेछ  ।

यसमा ति सबै वित्तीय संस्थाहरुको पनि व्यवसाय संरक्षित एबं सुरक्षित लगानी गरी (यो बर्गमा ६०% देखि ७०% सम्म) रहेकाछन् । सानो रकमको (एक पटकमा न्युनतम १ लाख मात्र) लगानीले ठुलो आकार लिन सक्छ ।

यस योजनामा वित्तीय संस्थाको पनि लगानी (हिस्सेदारी वा साझेदारी) हुनु अनिवार्य हुनुपर्छ | आफ्नो सुरक्षामा एबं निगरानीमा वा निर्देशनमा संचालन गराउँदछ यसै कारणले वित्तीय संस्थाले गरेको लगानी सुरक्षित एबं संरक्षित हुनेछ |
नेपाल सरकारले कृषि प्रयोजनमा लगानीमा न्युनतम ब्याज कायम राष्ट्र बैंक मार्फत गराउनु पर्नेछ | यसमा सरकारले बैंकलाई कुनै अनुदानमा ब्याज दिने छैन | बैंकले देशका लागि यो गर्ने पर्छ सबैमा नाफा मात्र हेरेर हुँदैन । तर पनि बैंकमा ति समुहबाट संचालन हुने व्यवसायबाट ब्याज, मुनाफा र बचत आर्थिक कारोबारमा हुने व्यवहार सबै बैंककै मार्फतबाट हुने हुनाले बैंकलाई त्यति धेरै % मा पनि घाटा हुनेछैन। हाल वर्तमान अवस्था पछिको स्थितिको सामना गर्न बैंकले साना लगानीतर्फ ध्यान दिनु नै पर्छ । जब सम्म ठुला ऋणीहरुको कारोबार सुचारु हुँदैन र ऋणको ब्याज, किस्ता आउँदैन त्यो समय २ बर्ष भन्दा बढी हुन सक्छ ।

साथै सरकारलाई दैनिक खर्चमा कटौती, कर्मचारीहरुमा कटौती आदि नगरी हुँदैन । बिकास निर्माणमा खर्च गर्नैपर्छ । अब ठेकेदारलाई पू|रा भएका आयोजनाहरुको भुक्तानी गर्नेपर्ने हुन्छ | ठेकेदारहरुलाई अग्रिम भुक्तानीको समेत व्यवस्था गर्नु
पर्ने हुन्छ | यसबाट बजारमा पैसा देखिन थाल्छ, अनि बन्ख्रु पनि चलायमान हुनेछन् ।

बजारमा पैसा चलनमा आउनुपर्याे । पैसाको जति धेरै चलन हुन्छ प्रतिफल पनि त्यही अनुपातमा प्राप्त हुन्छ । नेपालमा निम्न आय बर्गका किसानहरुको संख्या अत्याधिक छ र यहि बर्ग समुहबाट बैदेशिक रोजगारमा जानेहरुको संख्या पनि अन्य वर्ग भन्दा अत्याधिक रहेको छ । अर्को सत्य तथ्य यो पनि छ कि यो बर्गमा शारीरिक कार्य क्षमता पनि छ, यो बर्गबाट (बैदेशिक रोजगारीमा गएका बाहेक जो घरमैं छन) स्थानीय दैनिक ज्यालादारीमा लागेर केहि आर्जन गर्छन्त र केहि समयको लागि मात्र उनीहरुको प्रथम रोजाई बैदेशिक रोजगार नै हो |) यसको लागि-स्थानीय किसान (साना किसान जसको पूँजी ५ लाख पनि पुग्दैन) । यस्ता श्रेणीमा पर्नेहरुको संख्या अत्याधिक रहेको छ। यो श्रेणीका लागि राष्ट्र बैंक मार्फ़त बणिज्य बैंक, सहकारी, फाइनान्सहरुलाई अनिवार्य योजनामा साझेदारी वा हिस्सेदारी सहभागिता गराउनुपर्छ | धितो जे उनीहरुसंग छ त्यही हुनुपर्छ र भौतिक संरचना, बस्तु भाउ, कृषि फसल आदिमा गरिएको लगानी नै धितो कायम गरी न्युनतम ब्याजमा लगानी गरिनुपर्नेछ ।

योजनामा भएको लगानीको निरीक्षण एबं आर्थिक सबैको प्रतिबेदन, रिपोर्ट, राष्ट्र बैंकको निगरानीमा रहनेछ राष्ट्र बैंकले अन्य वित्तिय संस्थाहरुलाइ दिइने निर्देशन, जाँचबुझ, निगरानी यस योजनामा पनि लागु गर्नुपर्नेछ | राष्ट्र बैंकले आफुसँग भएका कर्मचारीहरुलाई समायोजन गरी व्यवस्था मिलाएर एक शाखा (बैंक भित्रै) खोलेर संचालन गर्न लगाउनेछ | नेपाल अधिराज्य भित्रका सम्पूर्ण राष्ट्र बैंक  कार्यालयहरुमा यस्ता शाखा खोल्नुपर्दछ |

देशका सम्पूर्ण किसानहरूलाई यस आधारमा बर्गिकरण गर्ने:-
क)-अधिकतम चल-अचल पूँजी ५ लाख:
(किसान संग यथास्तिथि अवस्थामा रहेको घर,घडेरी,पशु,पंछी,परिवार संख्या, उमेर, शिक्षा ,स्वस्थ्य,बैदशिक रोजगारी,स्थानीय रोजगारी,आदिको लगत खड़ा गर्ने जसको मूल्यांकन अधिकतम ५लाख सम्म रहेको हुनु पर्छ  )
ख)-अधिकतम चल-अचल पूँजी १० लाख
(किसानसँग यथास्तिथि अवस्थामा रहेको घर, घडेरी, पशु, पंछी, परिवार संख्या, उमेर, शिक्षा ,स्वास्थ्य, बैदशिक रोजगारी, स्थानीय रोजगारीआदिको लगत खड़ा गर्ने जसको मूल्यांकन अधिकतम ५लाख भन्दा माथि १०लाख सम्म रहेको हुनु पर्छ । )
ग)-ब्यावसायीक पशु-पंछी, फल-फूल,तरकारी,माछा,मौरी आदि ब्यवसाय १० लाख भन्दा माथि १ करोड़ सम्म।
(जून बैंकबाट ऋण लिएर काम गरिरहेको छ-सोही बैंकले- ब्यवसायिले आफ्नो व्यवसायमा प्रदान गरेको रोजगारी संख्या,बाजार ब्यवस्थापनको विवरण, भविष्यमा हुन सक्ने बाजार बिस्तारको योजना,ब्यवसायको बिस्तारको योजना,)

घ)-१ करोड़ भन्दा माथिका कृषिमा आधारित पूर्ण ब्यवसायीहरु।
(जून बैंकबाट ऋण लिएर काम गरिरहेको छ-सोही बैंकले- ब्यवसायीले आफ्नो व्यवसायमा प्रदान गरेको रोजगारी संख्या,बाजार ब्यवस्थापनको विवरण, भविष्यमा हुन सक्ने बाजार बिस्तारको योजना,ब्यवसायको बिस्तारको योजना,)

‘ग’ र ‘घ’ बर्गका व्यवसायीहरुमा बैंकको हिस्सेदारी वा साझेदारी आवश्यक हुने छैन |

१-बणिज्य बैंक, अन्य वितिय संस्थाहरुका स्थानीय शाखाहरुबाट साना-किशान (अधिकतम ५ लाख सम्मको चल,अचल सम्पति हुनेहरु ‘क’) पहिचान गर्ने योजनालाई अनिवार्यता गराइनुपर्छ ।


२-उपरोक्त बर्गिकरणहरुमा बैंक तथा अन्य वित्तीय संस्थाहरु समेत हिस्सेदार प्रथम १ बर्ष ३०% ,पछिका प्रति बर्षमा ५% हिस्सेदारी घटाउँदै अन्तिम १०% हिस्सेदारी कायम राख्ने गरी बैंकको समेत लगानीमा योजनाको रेखदेख गरिनुपर्छ। [बेंक/वितिय संस्थाहरुको सहभागिता यस निम्ति पनि जरूरी हुनेछ । त्यो (क र ख) समुहलाई प्रत्यक्ष निर्देशन र नियन्त्रणको (नियन्त्रण किनभने त्यस योजनाबाट प्राप्त ७०% मुनाफाको सही लगानी हुन सकोस्, बैंकले कहाँ कसरी किन कति रकम कुन समयमा खर्च गर्ने भन्ने जानकारी गराउनाले नेपालको विपन्न बर्गमा सकरात्मक चेतना आउनेछ । जसबाट उसले बुझ्नेछ कसले के भन्यो, किन भन्यो, भनेको अर्थ के हों, साथै यसबाट सही र गलतको पहिचान गर्न सक्नेछ, यो सबैभन्दा ठुलो उपलब्धि हुनेछ।  अर्को महत्वपूर्ण कृषीमा ब्यवसायिकरण आउनेछ, जसमा नेपाल सरकारको कुनै पनि प्रत्यक्ष हस्तक्षेप हुँदैन |
मात्र सरकारले उपलब्ध सुबिधा, सेवा, प्राबिधक, बै‌ंक मार्फ़त प्रदान गर्नेछ। यस बर्ग समूहले कृषिको प्रत्येक पक्ष, जसमा उसले मुनाफा  देख्नेछ , अन्यत्र भन्दा भिन्न तरिका, प्रतिस्पर्धाको व्यवसाय गर्न उ बाध्य हुनेछ, लगानी गर्न सक्षम भएपछि उसले लागत कम गर्ने उपायहरु पत्ता लगाउन थाल्दछ । खोज्ने (अनुशन्धान) प्रबृत्तिको बिकास यो महत्वपूर्ण उपलब्धि हुनेछ । देशको आर्थिक विकासका लागि । त्यसकारण बैंकको सहभागिता अनिवार्य हुन्छ।
त्यस अवधिभित्र त्यस बर्गमा सामेल भएका पारिवारिक सदस्यहरुलाई पूर्ण तालिम प्राप्त हुँदैन तबसम्म बैंकले आफ्नो हिस्सेदारी ५ % कायम राख्नेछ ।
बैंकले बिशेष ‘क’ र ‘ख’ बर्गहरुलाई उपलब्ध गराइनुपर्ने सेवा र सुबिधा

  • कृषि मन्त्रालयसंँग समन्वय गरी नेपाल सरकारले दिएका सुबिधाहरु प्रदान गराउने।
  • प्राविधिक तालीम प्रदान गराउन सम्बन्धित मंत्रालयहरु संग समन्वय गराउने।
  • बिउ,बिजन,मल खाद्ध समयमा उपलब्ध गराउने ।
  •  पूर्वाधारहरु भौतिक निर्माण,सिचाई, सरल,सुलभ,किफायती,स्थानीय श्रोत परिचालन गराइ प्राविधिज्ञ उपलब्ध गराउने।

यो सब बैंकले किन गर्ने ?

बैंकले सुरक्षित लगानी गरी धेरै ठुलो रकम (‘क’र’ख’ बर्ग करोडको संख्या हुन्छन् ।) न्यूनतम प्रति व्यक्ति १ लाख (प्रथम बर्ष) लगानीको रकम आफ्ना शाखाहरुबाट सुरक्षित एबं संरक्षित लगानी गरी आफ्नो आयमा बृद्धि गर्नेछ ।

यसका लागि बैंकले १ जना स्टाफ जसलाई स्थानिय भौगोलिक, सामाजिक, जानकारी छ त्यस्ताे व्यक्तिलाई राख्नु पर्नेछ । उसले (स्टाफले) सिफारिस, योजना (कृषी अनुसन्धानको मापदण्ड बमोजिम), व्यक्तिको सम्पूर्ण जानकारी उपलब्ध गराएको आधारमा बैंकले- कृषि सम्बन्धितसँग, कसरी समन्वय गर्नुपर्ने हो गरी यथासिध्र आफ्नो ३० % हिस्सेदारीमा ऋणको व्यवस्था गराइ योजना शुरू गराउने छ ।

यसबाट बैंकले लगानी गरेको ऋणमा प्रत्यक्ष निगरानीमा रहनेछ ।

◆बैंकलाई ब्याज,३०%को मुनाफा समेत प्राप्त हुनेछ।
◆कीसान आधुनिक तरिकाले ब्यवसायीक कृषीमा सक्षम हुनेछ ।
◆बैदेशिक रोजगारमा कमी आउनेछ (‘क’ र’ख’ तथा प्रमाणपत्र तह सम्मका लागि)
रोजगारी उपलब्ध भएर बेरोजगारीको समश्या घटने छ।
◆कृषि जन्य बस्तुहरुको आयात कम भएर बिदेशी मुद्राको संचय बढ़ने छ।
◆जनसंख्याको धेरै ठुलो समुदायको (जो निम्न,बिपन्न तथा आश्रित छ )आयमा वृद्धि भएर यस बर्गको स्तर बढ़्नेछ ।
◆दैनिक उपभोग्य (सबै भन्दा बढी प्रयोगमा आउने खाद्य वस्तुहरु, तरकारी, फलफुल, माछा, मासु आदिको उत्पादनमा वृद्धि हुनाले) महंँगाई स्वतः घट्नेछ।
◆साक्षरताको दरमा वृद्धि हुनेछ । किनकी आर्थिक सम्वृद्धि भए पछी अभिभावकले आफ्ना बच्चाहरुलाई शिक्षा दिलाउन
चाहन्छन् |
◆स्थानीय साधन त परिचालन हुनेछ।
समष्टिगतरुपमा यो योजनाले नेपालको भविष्य उज्ज्वल हुनेछ र सम्वृद्धि निश्चित छ | यहाँ केहि प्राबिधिक त्रुटी हुन् सक्छन | तर राज्यसंग अठोट हुनुपर्छ |

क्षितिज भूपति कौडील्य
काठमाण्डौ -१४  ०७६/०१/१४
बोधार्थ:-
१-yrkhatiwada@mof.gov.np
२-info@moald.gov.np
३-info@aitc.gov.np
४-info@doanepal.gov.np
५-eds24@worldbank.org
६-edszy@worldbank.org
७-nepalinfo@ifc.org

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij