२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउन थप्ने बारे भोलि निर्णय गरिने

लकडाउन थप्ने बारे भोलि निर्णय गरिने

काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले थप गृहकार्य गरेर लकडाउनबारे निर्णय गर्ने भएको छ ।

 सोमबार बसेको समितिको बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँगको छलफलका आधारमा लकडाउनको मोडालिटी सचिव नारायण विडारीले जानकारी दिए ।  यसअघि सरकारले बैशख २५ गतेसम्म लकडाउनको समयावधि थपेको थियो ।

‘जनजीवन सामान्य बनाउन र रोगलाई कावुमा राख्ने विषयमा छलफल र समिक्षा भएको छ । अझैपनि थप तथ्यांक प्रदेश र स्थानीय तहबाट लिने क्रम जारी छ । अझै वर्कआउट गर्नुपर्ने भएकाले आन्तरिक गृहकार्य जारी छ’,सचिव विडारीको भनाई छ । उनका अनुसार मंगलबार बस्ने समितिको बैठकले लकडाउनबारे भोलिको समितिको बैठकले मनित्रपरिषदलाई खाका पठाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij