२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो


काठमाडौं । आजदेखि रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) को बिक्री खुला गरिएको छ ।

कम्पनीको ६३ करोड रुपैयाँ बराबरको आईपीओको बिक्री खुला भएको हो । कम्पनीको भदौ ४ गतेदेखि प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता बिक्रीका लागि खुला भएको हो ।

कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको हो।

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम ६३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गते हुनेछ।

आईपीओका लागि फारम लिने तथा बुझाउनका लागि सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । रिलायन्सले आईपीओका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij