२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

राष्ट्र, धर्म र पहिचान कायम गर्दै समृद्ध प्यूठान निर्माणकाे एजेण्डा लिएकाे छुः उम्मेदवार पण्डित

राष्ट्र, धर्म र पहिचान कायम गर्दै समृद्ध प्यूठान निर्माणकाे एजेण्डा लिएकाे छुः उम्मेदवार पण्डित

 धनेश्वर पण्डित, प्रतिनिधिसभा सदस्य उम्मेदवार, राप्रपा, प्यूठान

जनताको सेवा गर्छु भन्ने परम उद्देश्य राखेर राजनीतिमा लाग्नु भएका धनेश्वर पण्डितलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक प्रतिनिधिसभा सदस्य पदमा प्यूठान जिल्लामा उम्मेदवार बनाएको छ । उहाँ राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)को प्युठान जिल्ला कार्यसमितिको अध्यक्ष हुनुभयो । २०६८ साल देखि राप्रपा राजनीतिमा सक्रिय रहनुभएका धनेश्वर पण्डित अहिले राप्रपा प्युठान जिल्ला कार्यसमितिको सदस्य हुनुहुन्छ । उहाँले विभिन्न संघ संस्थामा रहेर समाजसेवा समेत गर्दै आउनुभएको छ । उहाँ राप्रपाको स्थानीय निकाय परिचालन विभागको प्युठान जिल्ला संयोजक हुनुहुन्छ । धार्मिक एवं पर्यटकीयस्थल स्वर्गद्वारीलाई विश्व सामु चिनाउने मुख्य उद्देश्य राखेर आफु चुनाव उठेको बताउनुहुन्छ पण्डित । प्रस्तुत छ, राप्रपाका उम्मेदवार धनेश्वर पण्डितसँग गरिएको कुराकानीः

तपाई राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा प्युठानबाट उम्मेदवार हुनुहुन्छ, कस्तो लागि रहेको छ ?

राप्रपा मुलुकको फरक धार बोकेको पार्टी हो । यस पार्टीको अन्य पार्टी भन्दा बेग्लै सिद्धान्त र विचार छ । यस्तो पार्टीको तर्फबाट प्रतिनिधि सदस्य पदमा प्यूठान जिल्लाबाट उम्मेदवार बन्न पाउँदा म अत्यन्त गौरावाङ्गित, हर्षित र उत्साहित भएको छु । त्यसो त राप्रपा निर्वाचनको वेला मात्र होइन, अरु बेला पनि हिन्दु राज्य र राजसंस्थाको पथमा पृथ्वी पथको पक्षमा संघर्षरत छ । आन्दोलित छ । म यहि एजेण्डालाई सफल पार्न चुनावी मैदानमा उत्रिएको हुँ । विगतमा जे भयो भयो, यस पटक यो राप्रपाले जित्ने क्षेत्रको रुपमा स्थानीय वासिन्दाले मुल्याङ्गन गर्नु भएको छ । मलाई लाग्छ यस क्षेत्रमा मेरो जित पक्का छ । भगवानरुपी मतदाताले मलाई जिताउनु हुनेछ भन्ने मेरो विश्वास छु । यसै जिल्लालाई सधैं केन्द्रमा राखेर राजनीति गर्ने मेरो उद्देश्य समस्त मतदातालाई स्मरण गराउन चाहन्छु । मलाई प्यूठानको माटोको माया छ । मलाई विश्वास र भरोसा छ । यो क्षेत्रमा मलाई स्थानीय जनताले तपाई हाम्रो तर्फबाट यसपटक चुनावमा उठिदिनु पर्यो भनेकोले म उत्साहित भएर चुनावी मैदानमा उत्रिएको हुँ । म राप्रपा भएपनि मेरो लागि समस्त मतदाता समान हुनुहुन्छ । म जितेपछि पनि समस्त सबैलाई समान व्यवहार गरेर अघि बढ्नेछु । सरसर्ती भन्नुपर्दा हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनमत अत्याधिक रुपमा बढ्दै गएको छ । त्यसैले मैले यहाँँ जित्ने आधार धेरै छ ।

यस जिल्लामा राप्रपाको संगठन कस्तो छ ?
देशको फरक धारको नेतृत्व गरिरहेको राप्रपामा विशाल संगठन छ । के नगर, के गाउँ, के वडा सबैतिर राप्रपाको मजबुत संगठन छ । हाम्रो संगठन अरु पार्टीको भन्दा बेग्लै र बढी छ । तर राप्रपालाई होच्याउन यस जिल्लामा राप्रपाको संगठन खस्केको भन्ने होलान् । तर राप्रपाको एजेण्डामा, राप्रपा पार्टीमा मत सयौं गुणा बढ्दै गएको छ । जनताले यसपटक धनेश्वरलाई जिताउँछौं भनेको अवस्था छ । प्यूठानमा मात्र हैन, यसपटक देशैभर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । अब यो पार्टीलाई देशै भर जिताउने बेला आएकोछ । अहिले हामीलाई नजिताए कहिले जिताउने ? म आम मतदातालाई भन्न चाहान्छु, तपाईहरुको विश्वासको मत यस पटक मलाई चाहियो । राप्रपालाई देशै भर चाहियो । हामी हाम्रो स्पष्ट एजेण्डामा मत मागिरहेका छौं ।

 

जनताले राप्रपालाई नै किन मत दिने ?
राप्रपा जन्मजात भ्रष्टाचार विरोधी पार्टी हो । देशबाट भ्रष्टाचार निवारण गर्न राप्रपाले जित्नुपर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक रुपैयाँ घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नुभएको छ । यही आदर्शका कारण हाम्रो मत बढ्दै गएको हो । हामी जित्दैछाैं । हामी स्पष्ट रुपमा राजावादी र हिन्दुवादी भएकाले हामीलाई हिन्दुवादी र राजसंस्थावादीले जिताँउदै हुनुहुन्छ । यस पटकको निर्वाचनमा भ्रष्टाचार विरोधीले जित्दैछौ । यसपटक विकासवादीले जित्दैछौं । यस पटक हिन्दुवादीले जित्दैछौ । यस पटक राजसंस्थावादीले जित्दैछौ । हाम्रो एजेण्डा स्पष्ट छ, हामी वर्तमान संविधानमा फेरवदन गर्न चाहान्छौ । संवैधानिक राजसंस्था र हिन्दुराज्य पुनःस्थापना गर्नु हाम्रो बटमलाइन हो । निर्वाचनलाई पनि हाम्रो एजेण्डा स्थापित गर्ने आन्दोलनका रुपमा लिइरहेका छौ । संसदबाटै हिन्दु राज्य र राजसंस्था स्थापित हुन्छ भन्ने हामीले अटल विश्वास लिएका छौं ।

तपाई जितेपछि त्यस प्यूठान जिल्ला के के गर्नु हुन्छ ?
मैले निर्वाचन जितेपछि पुनः घरदैलो गर्छु र आम मतदाताले राखेका समस्या संसदमा गएर जोडदार रुपले उठाउछु । साथै स्वास्थ्य र शिक्षा निःशुल्क गर्न पहल गर्छु । स्थानीय युवाहरुलाई स्वरोजगार बनाउन, जिल्लामै रोजगारीको अवसर सृजना गर्न मदत गर्छु । मेरा चुनावी वाचा धेरै छन् तर यी कुरामा पहिला ध्यान दिनेछु ।

यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?
हामी पहिलो, दोस्रो हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ । हलोप्रति जनताको अगाध आस्था र विश्वास छ । अब हामीले नजिते कहिले जित्ने ? यही निर्वाचनबाटै हाम्रा एजेण्डा स्थापित हुनेछ ।

राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउला नि ?
अवश्य आउँछ, हामी सर्व धर्म समभावमा आधारित हिन्दू राज्य स्थापित गर्न चाहन्छौं । राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका छौं । हाम्रो पहिलो भरोसा नै हिन्दू हुन् । यो देशमा ९० प्रतिशत भन्दा बढी हिन्दु बसोबास गर्छन्, त्यसैले हामीलाई हिन्दुहरुको साथ, सहयोग र माया चाहिएको छ । मत चाहिएको छ । अझै भनौं राजावादीहरुको विश्वासको मत चाहिएको छ ।

अन्त्यमा, यहाँले मतदातालाई सन्देश दिनुस् नि ?
यो बेग्लै समय र परिस्थितिमा निर्वाचन हुन लागेको हो । तैपनि हामीले यो निर्वाचनलाई प्रयोग गरेर हाम्रो एजेण्डा स्थापित गर्न गइरहेका छौ । त्यसैले म भन्न चाहान्छु, यस पटक विकासवादीलाई रोजिदिनु होला, हिन्दुवादीलाई रोजिदिनु होला, राजसंस्थावादीलाई रोजिदिनु होला । प्यूठान जिल्लामा पनि हाम्रो एजेण्डाको अनुमोदन हुनेछ भन्ने विश्वास लिएको छु । मलाई सबै मतदाताले अमुल्य मतदिएर साथ र सहयोग गरिदिनु होला । राप्रपालाई जिताउनुहोला ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij