२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव,नयाँ ग्राहक-मैत्री अभियान घोषणा

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव,नयाँ ग्राहक-मैत्री अभियान घोषणा

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विशेष अभियान घोषणा गरेको छ। यस अभियान अन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक पुरस्कार र बोनस जित्न सक्नेछन्।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबैभन्दा ठूलो वाणिज्य बैंकका रूपमा परिचित राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ग्राहकहरूलाई गुणस्तरीय र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको छ। आफ्नो वार्षिकोत्सवलाई थप स्मरणीय बनाउन बैंकले ग्राहकहरूसँग यो अवसर विशेष रूपमा मनाउने उद्देश्यले अभियान सुरु गरेको हो।

अभियान अवधिभित्र राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमा नयाँ दर्ता गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई नयाँ स्मार्टफोन प्रदान गरिनेछ। त्यस्तै, बैंकको मोबाइल बैंकिङ एप RBB Digital Sansar प्रयोग गरी रु. ५०० वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरूमध्ये १०० भाग्यशाली विजेताहरूलाई रु. १०० को टपअप बोनस प्रदान गरिनेछ।

यो अभियान पुस १० देखि माघ १० सम्म मात्र लागू हुनेछ। राष्ट्रिय वाणिज्य बैंकले यस अभियानमार्फत ग्राहकहरूप्रति आफ्नो कृतज्ञता व्यक्त गर्दै उनीहरूको बैंकिङ अनुभवलाई थप उत्साहजनक बनाउन चाहेको छ। यस प्रकारका कार्यक्रमहरूले बैंक र ग्राहकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij