
काठमाडौं । रिक्त एक राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
लुम्विनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित खिमलाल भट्टराईले मंसिर ४ को निर्वाचनअघि राजिनामा दिएपछि एक पद रिक्त भएको थियो । सो पदमा उपनिर्वाचन गर्न मन्त्रिपरिषदले बिहीबार निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले सोही मितिमा उपनिर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij