२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

रामशरण महतलाई लाग्याे ठुलो झड्का

रामशरण महतलाई लाग्याे ठुलो झड्का

महतको दैलोमा नटेक्ने भन्दै निस्किए बाबुकाजी पाठक

काठमाडाैं । कार्तिक १० । संविधानसभाको निर्वाचनमा आफ्नो किल्ला बनाएको नेपाली काँग्रेस अहिले भने नुवाकोटमा आफ्नो प्रतिनिधित्व नै गुमाउने अवस्थामा पुगेको छ । पुरानो संरचना अनुसार नुवाकोटको तिनै क्षेत्र जितेको नेपाली काँग्रेसलाई पुनसंरचना पछि बनेको नुवाकोटको दुई र्निवाचन क्षेत्र र चार प्रदेश सदस्य जित्न चुनौति खडा भएको देखिएकाे छ । काँग्रेसले बाम गठबन्धनका साथै प्रदेश सभामा टिकट वितरणमा पुराना काँग्रेसी नेताहरुको गुनासोलाई उचित रुपमा सम्बोधन गर्न नसक्दा नराम्रो पराजय भोग्ने अवस्थामा पुगेको बताइन्छ ।
नुवाकोट १ र २ बाट डा. रामशरण महत र अर्जुननरसिंह केसीले प्रतिनिधिसभाको प्रत्यक्षमा आफैंले उम्मेदवारी दिने निर्णय गरेसँगै नेपाली काँग्रेसको टिकट वितरण गर्न बनेको संसदीय बोर्डबाट निर्णय गराँउदै आफ्ना भतिजा र भाईलाई टिकट दिएको भन्दै पुराना काँग्रेसी नेताहरु रुष्ट भएका छन् । बिशेषत क्षेत्र नं १ को प्रदेशसभा क बाट यस अघि बिभिन्न आरोप लागेका रमेश महतलाई डा. रामशरण महतले टिकट दिलाएपछि पुराना काँग्रेसीहरु रुष्ट भएका हुन् । रमेशको जस्तापाता काण्ड लगायतका आरोपलाई लिएर बिपक्षीहरुले चुनावमा गलत हल्ला चलाँउदा जनतामा नराम्रो सन्देश प्रवाह भएकाे र यसबाट डा. महतलाई समेत चुनाव जित्न गाह्रो हुने उनिहरुको अनुमान रहेको छ ।
नुवाकोट क्षेत्र नं १ को प्रत्यक्षमा डा. रामशरण महत सहित बाम गठबन्धनबाट हितबहादुर तामाङ चुनाबी मैदानमा उत्रिएका छन् । क्षेत्र नं १ मा बिशेषत तामाङ समुदायको बाहुल्यता रहेको तथा बिगतको संबिधानसभाको निर्वाचनमा पनि पुरानो नुवाकोट निर्वाचन क्षेत्र नं २ बाट प्रतिष्पर्धा गरी थोरै मतले पराजय भोगेका हितबहादुर तामाङको उम्मेदवारीसंगै डा. महतलाई चुनाब जित्न त्यति सजिलो नरहेको बताइन्छ ।
यता, नुवाकोटको राजनीतिमा डा. रामशरण महतका विश्वासपात्र मानिने बाबुकाजी पाठकले टिकट बितरण प्रति असन्तुष्टी व्यक्त गर्दै महतको दैलोमा नर्फकर्ने घोषणा गरेको चर्चाले नुवाकोटको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । महत र केसी परिवारको द्धन्द्वमा केसी परिवारलाई खुला चुनौति दिएर महतको लाइनमा हिँडेका पाठकलाई महतले राजनीतिमा प्रयोग मात्र गर्ने तर अवसर नदिएको भन्दै पाठक पटक पटक रुष्ट हुंदै आइरहेका थिए । महतले यस अघि संविधानसभाको र्निवाचनमा समेत पाठकलाई उम्मेदवार बनाउने आश्वासन दिएका थिए तर पछि केसी र महत परिवारको भागबन्डा नमिल्दा पाठकलाई आउट गरिएको थियो । महतसंग यस अघि रुष्ट बनेका पाठकलाई प्रदेशसभामा लैजाने आश्वासन दिएर पाठकलाई थामथुम बनाइएको थियो । प्रदेशसभा सदस्यको लागि नुवाकोट निर्वाचन क्षेत्र नं १ को क प्रदेशबाट पाठकलाई प्रत्यक्षमा उम्मेदवार बनाउनुपर्ने चौतर्फी दबाबका बिच जातिय हिसाबले जनजातीलाई टिकट दिनुपर्ने अवस्था आएको भन्दै नेपाली काँग्रेस नुवाकोटका कोषाध्यक्ष महेन्द्र थिंङलाई ल्याइएको थियो । प्रत्यक्षमा अवसर गुमेपछि समानुपातिकमा पाठकको नाम राख्नुपर्ने युवाहरुको माग समेतलाई महत परिवारले पन्छाउने अवस्था आएपछि पाठक असन्तुष्ट बनेको बताइन्छ ।
पाठकसंग यस बिषयमा बुझ्न पटक पटक प्रयास गर्दा पनि उनि सम्पर्कमा आउन चाहेनन् । पाठक निकट स्रोतले भन्यो, उहाँले आफु र आफ्नो परिवारको भोट रुखमा हाल्ने तर महत परिवार सबैलाई जिताउने ठेक्का लिएर लिएर भने  नहिँड्ने मनस्थितिमा बनाउनुभएकाे छ ।
नुवाकोटको थानापति गाउँ बिकास समितिका पुर्व अध्यक्ष एवं नेकाका पुर्व महासमिति सदस्य समेत रहेका पाठककाे राजनीतिका साथै सामाजिक काममा समेत महत्पुर्ण योगदान रहेको छ । पाठकको नेतृत्वकालमा थानापतिको शैक्षिक बिकास, खेलकुद, सडक, खानेपानी लगायतका विकासनिर्माणका कार्यमा समेत ठुलो योगदान पुगेकाे थियाे ।

राजनीतिमा कहिले केसी र कहिले महतले प्रयोग गरेका पाठकलाई दुवै नेताले प्रयोग गरी संसद देखि मन्त्री समेत हुंदा पनि प्रदेश सभामा समेत जान रोकेको भन्दै पाठकका सुभेच्छुकहरुसमेत रुष्ट भएका छन् । ककनी गाँउपालीकाका एक काँग्रेसी नेताले भने बाबुकाजी दाईले अर्जुनदाई र रामशरणदाईलाई काँधमा बोकेर नेता बनाए तर अहिले प्रदेशसभामा जान समेत रोक्ने काम भइरहेको छ हामी दुखी छौं । उनी भन्छन् नुवाकोटको राजनीतिमा केसी र महत परिवारले आफनो भाई र भतिजालाई मात्र च्यापेर हिँडने हो भने हामी जस्ता कार्यकर्ताले नेपाली काँग्रेसमा किन लाग्ने ?

नेपाली काँग्रेसको राजनीतिमा ४० बर्ष भन्दा बढी योग्दान दिएका पाठक, २०३६ सालको आन्दोलन देखि निरन्तर काँग्रेसको नेतृत्वमा भएको आन्दोलनमा सहभागी हुंदै काँग्रेसको संगठन बिस्तारमा योग्दान दिएपनि नुवाकोट काँग्रेसको राजनीतिबाट भने पटक पटक धोका खाँदै आएका छन् । राजनीतिमा कहिले केसी र कहिले महतले प्रयोग गरेका पाठकलाई दुवै नेताले प्रयोग गरी संसद देखि मन्त्री समेत हुंदा पनि प्रदेश सभामा समेत जान रोकेको भन्दै पाठकका सुभेच्छुकहरुसमेत रुष्ट भएका छन् । ककनी गाँउपालीकाका एक काँग्रेसी नेताले भने बाबुकाजी दाईले अर्जुनदाई र रामशरणदाईलाई काँधमा बोकेर नेता बनाए तर अहिले प्रदेशसभामा जान समेत रोक्ने काम भइरहेको छ हामी दुखी छौं । उनी भन्छन् नुवाकोटको राजनीतिमा केसी र महत परिवारले आफनो भाई र भतिजालाई मात्र च्यापेर हिँडने हो भने हामी जस्ता कार्यकर्ताले नेपाली काँग्रेसमा किन लाग्ने ?

महतसंग पाठक रुष्ट भएको खवरसंगै नुवाकोट क्षेत्र नं १ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले नयाँ मोड लिने अड्कल काटिएको छ । नुवाकोटका जनतासंग महत र केसी परिवार भन्दा बढी प्रत्यक्ष रुपमा भिजेका पाठकको असन्तुष्टीले महतको सफलतामा धक्का पुग्ने भन्दै पाठकलाई मिलाउन महतलाई दबाब परेको बताइन्छ । स्रोतले भन्यो बाबुकाजी पाठकको असन्तुष्टीलाई सम्बोधन गर्न ठुला महत सकारात्मक रहेपनि भतिजा महत भने त्यती सकारात्मक नरहेको बताइन्छ । नुवाकोट क्षेत्रनं १ को प्रदेशसभा क बाट आफु जित्नको लागि रमेशले आफु अनुकुललाई प्रदेशसभाको समानुपातीकमा उम्मेदवार बनाउन पाठकलाई व्याक गराउन लागि परेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij