२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

राप्रपाका कमल थापा मकवानपुरबाट लड्ने, अन्य उम्मेद्वारहरूकाे पनि टुङ्गाे लाग्दै

राप्रपाका कमल थापा मकवानपुरबाट लड्ने, अन्य उम्मेद्वारहरूकाे पनि टुङ्गाे लाग्दै

काठमाडौं–राप्रपा अध्यक्ष थापा मकवानपुर १ बाट लड्ने भएका छन् । यस्तै, राजेन्द्र प्रसाद लिङदेन झापा ३ बाट तथा विक्रमबहादुर थापा काठमाडौं ७ नम्बर क्षेत्रबाट लड्ने भएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अध्यक्ष कमल थापासहित पाँच उम्मेदवारको टुंगो लगाएको छ । राप्रपा केन्द्रीय कार्य समिति बैठकले मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पाँच उम्मेदवारको टुंगो लगाउको हो ।

बाँके २ बाट ओमप्रकाश आजाद र दैलेख १ बाट दीपककुमार शाहीले उम्मेदवारी दिने राप्रपाले निर्णय गरेको हो ।  आगामी प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि कात्तिक २० गते पार्टीको घोषणा पत्र सार्वजनि गर्ने पनि राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij