२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

राजनीति गर्न पद नै चाहिँदैन, प्लेटफर्म भए पुग्छ : हिमाल सर्मा

राजनीति गर्न पद नै चाहिँदैन, प्लेटफर्म भए पुग्छ : हिमाल सर्मा

अबकाे ५० बर्ष वामपन्थीकै सरकार रहने हिमाल सर्माकाे दावी

हिमाल सर्मा, कमाणडर, निर्वाचन परिचालन कमिटी, काठमाडाैं क्षेत्र नम्बर ६

यसपटकको निर्वाचनमा म उम्मेदवार छैन । यद्यपि म उम्मेदवार नभएपनि हाम्रो क्षेत्रमा पार्टीका प्रभावशाली नेता झक्कु प्रसाद सुवेदी प्रतिनिधिसभा निर्वाचनको निम्ति उम्मेदवार बनेर आउनुभएको छ । हामीले ऊहाँलाई यस क्षेत्रमा स्वागत गरेका छौं । म उम्मेदवार नभएपनि जनताका योजनाहरुमा सहकार्य गर्दै म निरन्तर रुपमा अघी बढि नै रहनेछु । हाम्रो यस क्षेत्रको निम्ति विगत लामो समय देखि नै निकै राम्रो तवरले विकासको निम्ति निकै पहलहरु भएका छन् ।

 

अहिले जसरी नेपालमा टिकट वितरणमा लगायत शुशासनमा भइरहेको अनियमितता छ । यसलाई हामी जस्ता जुझारु युवाको पार्टी पंक्ति र नेतृत्वदायी भूमीकामा प्रवेश हुन सकेको खण्डमा उल्ट्याउन सक्छौं । हामी बदल्छौं पुरानो पराम्परागत सिष्टम । यस किसिमको पुरानो संस्कार अन्त्य नगरे सम्म मुलुकले सही ट्रयाक लिन सक्दैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ ।

निर्वाचनमा पहुँचको आधारमा दिइने टिकट प्रचलन गलत मान्ने सर्मा :
पहुँचको आधारमा मात्र संसदीय निर्वाचनमा टिकट वितरण गर्ने प्रचलन नेपाली राजनीतिका पछिल्ला बर्षमा देखिएको छ, जुन गलत छ । यद्यपि अहिले सम्म भइसकेको कुरामा पछाडि फर्कनुभन्दा पनि हामी आगामी दिनको तयारीमा जुट्नुपर्छ । हामी पार्टीका कुशल नेतृत्वकर्ता एउटा संसदीय निर्वाचनमा मात्र सीमित हुनुछैन । हामीलाई राजनीति गर्न पद चाहिँदैन । प्लेटफर्म मात्र चाहिने हो । हामीलाई पार्टीकै नेतृत्व र ठोस जिम्मेवारी भए पुग्छ । हामी सांसद बन्नको लागि मात्र राजनीति गरेका होइनौं । मुलुकलाई सही सिष्टममा हिँडाउनको निम्ति हामी पद बाहिर रहेर पनि सही ट्रयाकमा राजनीतिलाई हिँडाउने क्षमता हामीले राख्नुपर्छ । हामीसँग त उमेर पनि धेरै नै छ । हामीले मुलुकलाई पद्धतिमा हिँडाउनको निम्ति धेरै काम गर्नुछ ।

हामीलाई राजनीति गर्न पद  चाहिँदैन । प्लेटफर्म मात्र चाहिने हो । हामीलाई पार्टीकै नेतृत्व र ठोस जिम्मेवारी भए पुग्छ । हामी सांसद बन्नको लागि मात्र राजनीति गरेका होइनौं । मुलुकलाई सही सिष्टममा हिँडाउनको निम्ति हामी पद बाहिर रहेर पनि सही ट्रयाकमा राजनीतिलाई हिँडाउने क्षमता हामीले राख्नुपर्छ ।

 

पद होइन, नेतृत्व क्षमता महत्वपूर्ण :
हरेक राजनीतिक दलले निर्वाचनमा टिकट दिँदा नेतृत्वदायक क्षमतालाई नै पहिलो सर्त बनाउनुपर्छ । पदमा बस्नको निम्ति त कुनै योग्यता वा क्षमता नै चाहिँदैन । मुख्य कुरा भनेको उसमा भएको नेतृत्व क्षमता कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । त्यसैकारण मलाई नेतृत्व लिनको निम्ति पद नै चाहिन्छ भन्ने छैन ।

हामी बदल्छौं सिष्टम :
अहिले जसरी नेपालमा टिकट वितरण लगायत शुशासनमा भइरहेको अनियमितता छ । यसलाई हामी जस्ता जुझारु युवाको पार्टी पंक्ति र नेतृत्वदायी भूमीकामा प्रवेश हुन सकेको खण्डमा उल्ट्याउन सक्छौं । हामी बदल्छौं पुरानो पराम्परागत सिष्टम । यस किसिमको पुरानो संस्कार अन्त्य नगरे सम्म मुलुकले सही ट्रयाक लिन सक्दैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । यस अर्थमा अबका निर्णायक शक्ति हामी नै हौं । धमिलिएको राजनीतिलाई हामीले नै सङ्लो बनाउँछौं । राजनीतिलाई सही ट्रयाकमा ल्याउने काम हामी गर्छौं ।

५० बर्ष सम्म वामपन्थी सरकारको निरन्तरता हुने अवस्था :
निर्वाचन मार्फत मुलुकमा भइरहेको भ्रष्टाचार अन्त्य हुने अवस्था अब बन्नेछ । हामीले जितेका नेताहरु अब भ्रष्टाचार लगायतका काममा संलग्न रहेको पाइए हामीले उनीहरुलाई त्यसै छोड्ने छैनौं । हाम्रा निर्वाचित जनप्रतिनिधिहरुले राम्रो तवरले देश र जनताको भलो हुने किसिमले काम गरे भने नेपालमा ५० बर्षको निम्ति वामपन्थी सरकारलाई कसैले रोक्न सक्दैन ।

युवाहरुले बुझ्नुपर्ने कुरा :
अहिलेका युवाहरु राजनीति प्रति उदासिन भएर हुँदैन । कतै कुनै अवस्थामा गलत बाटोमा जान लागेको राजनीतिलाई सही ठाऊँमा ल्याउने माध्यमको रुपमा युवाहरुले भूमीका खेल्नुपर्छ । देश विगार्ने वा सपार्ने भन्ने कुरा राजनीतिमा नै निर्भर रहन्छ । संसारमा राम्रो बनेका देशहरु राजनीतिकै कारण राम्रो बनेका हुन् । नेपालमा भएको राजनीति र राज्य संरचना ट्रयाक भन्दा बाहिर जान लागेको अवस्थामा ठीक ठाऊँमा राख्नको निम्ति हामी सबै सचेत बन्नु नै अहिलेको पहिलो आवश्यकता बनेको छ । ढुक्क हुनुस्, हामी युवाहरु सचेत र सक्रिय बन्ने हो भने मात्र हामीले सोचे जस्तो समृद्ध र सुसम्पन्न मुलुक हामीले बनाउन सक्नेछौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij