अन्तराष्ट्रिय स्तरको प्रबिधिमा संचालन हुंदै आएको रश्मिलाज फेसियल हाउसले नेपाली नयां बर्ष २०७५ बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ । नयां बर्षको उपलक्ष्यमा बर्षेनी आफ्ना सम्पूर्ण कर्मचारी लगायत पत्रकार, सेलिब्रेटी, गायक तथा समाजसेवीहरुको माझ बनभोज कार्यक्रम गरेर नयां बर्षको शुभकामना आदान प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसले यो बर्ष पनि टोखाको रमणीय रिसोर्टमा एक भब्य कार्यक्रमको आयोजना गरि मनाएको हो । 
यसपटस संचारकर्मी सुर्य चन्द, चर्चित फेसन डिजाइनर काजल थापा, बरिस्ट सौन्दर्यबिद सोनीकार रंजितलाई बिसेष योगदान पुर्याए बापत रश्मिलाज फेसियल हाउसका सञ्चालक प्रकाश श्रेष्ठ र रश्मिला श्रेष्ठले सम्मान पत्र सम्मान गरे ।
चर्चित गायिका टिका प्रसाई, गायक लेखराज गुरुङ, नायिका खुस्बु खड्का, अभिनेत्री कबिता शर्मा, समाजसेवी चम्पा नेपाल, समाजसेवीरमेश श्रेष्ठ लगायत अन्य धेरै व्यक्तित्वहरुलाई समेत उक्त अवसरमा मायाको चिनो प्रदान गरिएको थियो । 
त्यसै गरि राष्मिलाज फेसियल हाउसमा बर्ष भरि काम गरेर ग्राहकहरुलाई उत्कृष्ट सेवा पुर्याए स्वरूप चार जनालाई बर्ष उत्कृष्ट कर्मचारी इम्प्लोई अफ द इयर समेत प्रदान गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij