२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक

रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले समसामयिक राजनीति माथि विवेचना गरिएको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक गरेका छन् ।

शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुस्तकको विमोचन गरे । पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाएका छन् । नेपाली राजनीतिको दुरगामी लक्ष र अहिले भइरहेको अभ्यास विरोधाभाषपूर्ण रहेको टिप्पणी पुस्तकमार्फत गरेका छन् ।

राजनीतिक कार्यकर्ता, राजनीतिक दल, सरकार र समाजको मनोविज्ञानले संविधानको प्रस्तावमा उल्लेख भएका नेपालको दृष्य पुरा हुन असम्भव रहेको निष्कर्ष निकालेका छन् ।

कार्यक्रममा पुस्तकबारे र समसामयिक राजनीतिबारे डा. भट्टराई र डा. वाग्लेले चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij