
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं ६ का प्रतीनिधी सभा सदस्य उमेदवार एवम रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौको ज्याँठामा रहेको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गरेका छन ।
मन्त्री प्रधानले बिहान ७ बजेर ४५ मिनेटमा मतदान गरेका हुन् । उनले लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि भएको निर्वाचनमा सहभागी हुन मतदाताहरुलाई आग्रह समेत गरेका छन् ।
प्रधानले मतदाताको सुरक्षाका लागी सरकारले सबै सुरक्षा निकायलाई परिचालन गरेको भन्दै ढुक्क भएर मतदान गर्न समेत आग्रह गरे ।
मन्त्रीप्रधानले अघिल्लो निर्वाचनमा आफु कम मतले बिजयी भएको भए पनि यस निर्वाचन मा ५ हजार भन्दा बढी मतले जित्ने दावी गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij