२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम गुल्मीको रेसुङ्गामा पनि सम्पन भयाे

‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम गुल्मीको रेसुङ्गामा पनि सम्पन भयाे

 

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार सिद्धवावा माध्यमिक विद्यालयमा संचालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता रहेको थियो।

शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षक टिकाराम खड्काले स्वागत मन्तव्य दिदै युवाहरुमा बीमा सम्बन्धी जागरण ल्याउनु आवश्यक रहेको बताउनु भयो।

कम्पनीका कर्मचारी राजेन्द्र गाहाले संचालन गरेको कार्यक्रममा कार्यालय प्रमुख विष्णु महतले बीमा समितिले गुल्मी जिल्लामा बीमा सचेतना कार्यक्रम संचालन गर्न महालक्ष्मी लाईफ लाई जिम्मा दिएकोले अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम निरन्तर संचालन गरिने जानकारी गराउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका कम्पनीका मार्केटिङ मेनेजर यम लाल न्यौपानेले उपस्थित युवा तथा विद्यार्थीलाई बीमा सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो। बीमा समितिले बीमा सचेतना कार्यक्रम संचालनको लागि कम्पनीलाई रौतहट, दोलखा, गुल्मी र ललितपुर जिल्ला जिम्मा दिएको छ, सोही अन्तर्गत उक्त कार्यक्रम संचालन गरिएको जानकारी गराउन चाहन्छौँ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij