२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

युवालाई उद्यमीको रुपमा विकास गर्न विशेष कदम चालौं: महासचिव सापकाेटा

युवालाई उद्यमीको रुपमा विकास गर्न विशेष कदम चालौं: महासचिव सापकाेटा

भागिरथ सापकोटा, महासचिव, नेपाल उद्योग तथा व्यवसायी महासंघ

पृष्ठभूमिः
गुल्मी जिल्लामा जन्मिएका भागिरथ सापकोटा वि.सं २०६० देखि उद्योग व्यवसायमा संलग्न रहँदै आएका छन् । व्यवसायको अलावा राजनीतिमा समेत उनी सक्रिय रहँदै आएका छन् उनी । सानै उमेरमा गुल्मीबाट नवलपुर बसाईं सरेका उनी लामो समय देखि नेकपा (एमाले) अन्तरगतका विभिन्न कमिटीहरुमा रहेर जिम्मेवारी वहन गरिसकेका व्यक्ति हुन् । विद्यार्थी काल देखि नै राजनीतिमा जोडिएका सापकोटा अनेरास्ववियु केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी प्राप्त भएसँगै काठमाडौं प्रवेश गरेका हुन् । बदलिँदो परिवेशमा राजनीतिमा संलग्न व्यक्ति नियमित आम्दानीमूलक क्षेत्रमा पनि जोडिनुपर्छ, जसबाट आफ्नो नियमित आयस्रोतको भरपर्दो माध्यम बन्न सक्छ र उद्यमशिलता प्रवद्र्धनलाई समेत सहयोग पुग्छ भन्ने मान्यताले आफू व्यवसायमा संलग्न भएको सापकोटा बताउँछन् ।

व्यावसायिक रुपमा सापकोटा ट्र«ाभल तथा टुर्स व्यवसायमा संलग्न छन् । उनी गोचली टुर्स एण्ड ट्र«ाभल्स प्रा.लि.का सञ्चालक हुन् । हाल सापकोटाले आफ्नो कम्पनी मातहत करिब १ दर्जन व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउँदै आएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको आवश्यकता
नेपालमा रहेका उद्योगी व्यवसायीहरुलाई एउटै छत्रछायामा समेट्ने उद्धेश्यले नेकपा (एमाले)को भातृ संगठनको रुपमा नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थापना भएको हो । यस संस्थामा मूलतः नेकपा (एमाले) विचारधाराका व्यवसायीहरु आबद्ध छन् । मुलुकको दिगो विकासको लागि समृद्धि आवश्यक रहेको र त्यसको लागि राष्ट्रि«य पुँजी विकास अपरिहार्य सर्त रहेको कुरालाई लक्षित गरी यस संस्थाको स्थापना गरिएको सापकोटा बताउँछन् ।

नेपालका सबै राजनीतिक दलहरुले नेपालमा राजनीतिक क्रान्ति पूरा भएको र अब सबैको साझा उद्धेश्य आर्थिक विकास नै भएको कुरा स्वीकारिसकेको अवस्थामा नेकपा (एमाले)ले समेत नवौं महाधिवेसन मार्फत आर्थिक क्रान्तिलाई आत्मसात् गरेको हो । सोही बमोजिम पार्टीले आर्थिक विकासको लागि उद्योगी व्यवसायीहरुलाई संगठित गर्नुपर्ने आवश्यकता महसुस ग¥यो । त्यसैलाई पूर्णता दिने क्रममा नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थापना भयो । जसको उद्देश्य भनेको पार्टीले लिएका सिद्धान्तहरु ‘जनताको बहुदलीय जनवाद’, ‘समृद्ध नेपालः सुखी नेपाली’ जस्ता योजनालाई सार्थक बनाउन विभिन्न तवरले भूमिका खेल्ने रहेको छ ।

अबको आवश्यकता

नेपाल समाजवादमा जानको लागि उत्पादनका साधन र उत्पादनका शक्तिहरु बीचको सही सन्तुलन जरुरी छ । यी दुई माध्यमहरुलाई सही तवरले सञ्चालन र व्यवस्थापन गर्न सकेको खण्डमा हाम्रो उत्पादकत्व समेत बढाउन सकिन्छ । जमीन, कलकारखाना, कच्चा पदार्थ लगायतका वस्तुहरु नै उत्पादनका साधन हुन् । जसको परिचालन गर्ने शक्ति भनेको मानव शक्ति हो । यसकारण उत्पादकत्व बढाउनको लागि मानव क्षमता अभिवृद्धि हुनु निकै महत्वपूर्ण रहन्छ भन्ने अवधारणा बमोजिम नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको छ । हाल महासंघले उद्योगी व्यवसायी र मूल नेतृत्वसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । मुलुकको समृद्धि प्राप्तिको लागि उद्योग व्यवसायमा प्रत्यक्ष संलग्न व्यक्तिहरुसँगको सहकार्य आवश्यक रहने कुरालाई पार्टीले समेत आत्मसात् गर्दै आएको छ ।

कसरी सम्भव हुन्छ उत्पादकत्व वृद्धि ?

उत्पादनका साधन र उत्पादनका शक्तिहरुको सही तवरले व्यवस्थापन गर्न सके हाम्रो उत्पादकत्व वृद्धि हुँदै जान्छ । यसरी उत्पादकत्व बढाउनको लागि उद्योगी व्यवसायीले आफ्ना मेसिनरी र कामदारहरुको सही तवरले परिचालन गर्नु जरुरी हुन्छ । उद्योगको अवस्थामा सुधार हुँदै जाँदा उद्योगी आफ्नो उद्योग व्यवसायको क्षमता बिस्तारमा केन्द्रित हुन्छ । जसबाट अझ बढी परिमाणमा उत्पादन बढाउनको लागि मेसिनरी र जनशक्तिको परिचालन गर्नुपर्ने हुन्छ । यसबाट उत्पादन वृद्धि र रोजगारी सृजनाका नयाँ अवसरहरु सृजना हुँदै जान्छन् । यसरी उत्पादन र रोजगारीमा वृद्धि हुँदै जाँदा राज्यलाई समेत थप राजस्व प्राप्त हुने आधार सृजना हुन्छ । र अन्ततः मुलुक समृद्धिको बाटोमा अघी बढ्छ भन्ने धारणा सापकोटाको छ ।

अबको आवश्यकता

अहिलेको वर्गीय विभेदको एउटा कारण प्रयाप्त मात्रामा र क्षमता अनुसारको रोजगारी उपलब्ध हुन नसक्नु पनि एक हो । यस किसिमको वर्गीय विभेदलाई घटाउँदै लैजानको लागि थप पुँजी आवश्यक पर्छ । मुलुकको दिगो विकासको लागि पुँजी निर्माण र उपलब्ध स्रोतसाधनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि महासंघले उद्योगी व्यवसायीहरुलाई सूसुचित गर्दै आएको छ । आवश्यकता अनुसार विभिन्न तालिम प्रशिक्षणहरु सञ्चालन गर्ने र ठूलो सङ्ख्यामा व्यवसायीहरुलाई एकत्रित गर्दै लैजाने योजना बमोजिम महासंघले हाल ११ ओटा विभागहरु समेत गठन गरेको छ । जसअन्तरगत उद्योग विभाग, पर्यटन विभाग, निर्माण व्यवसाय विभाग, वैदेशिक रोजगार विभाग, शैक्षिक परामर्श विभाग लगायत छन् । हाल महासंघले केन्द्रीय प्रदेश र नगर गरी ३ ओटै तहका संरचनाहरु समेत निर्माण गरेको छ । हाल यस महासंघमा करिब १ लाखको हाराहारीमा सदस्यहरु रहेको महासचिव सापकोटा बताउँछन् ।

महासंघले चाल्दै आएका कदमहरु

नेपालमा उद्योग व्यवसायका समस्याहरु पहिचान गरी सरोकारवाला दल नेकपा (एमाले)लाई त्यसमा ध्यानाकार्षण गराउन यस महासंघले विभिन्न काम गरिरहेको छ । औद्योगिक वातावरणको यथास्थिति जानकारी गराउने काममा प्रभावकारी भूमिका खेल्दै आएको छ । जसअन्तरगत मुलुकमा मन्दी आउन लागेको र यसले ठूलो प्रभाव पार्ने सम्बन्धमा पार्टीलाई जानकारी गरायो । पत्रकार सम्मेलन गराई तत्कालिन समस्याहरु महासंघले उजागर ग¥यो । ३ जना पूर्व अर्थमन्त्रीलाई एकै स्थानमा भेला गराएर अल्पकालिन र दीर्घकालिन समस्या बारे स्पष्ट पार्नको लागि समेत यस महासंघले पहल ग¥यो । यस्ता अन्य कदमहरु समेत महासंघले चाल्दै आएको र आवश्यकता अनुसार चालिरहनेछ ।

अहिलेको समस्याको निकासः
अहिलेको समस्यालाई समाधान गर्नको लागि गोलमेच सम्मेलन गरी वास्तविक उद्योगी व्यवसायीहरुले भोगेका समस्या, अनुभव, नीतिगत कठिनाई लगायतलाई जिम्मेवार निकायका व्यक्तिहरुसँग छलफल गरी समाधान खोज्न केन्द्रित हुनुपर्छ भन्ने महासंघको मान्यता रहँदै आएको छ । ‘अर्थतन्त्रका मुख्य जिम्मेवार निकायहरु राजनीतिक दल, कर्मचारीतन्त्र र उद्योगी व्यवसायीहरु एकै ठाऊँमा रहेर समाधान खोज्न सके वास्तवमा नै हामीले उचित समाधान निकाल्न सक्छौं’ महासचिव सापकोटाले बताए ।

व्यावसायिक उतारचढाव

विश्वमा समय–समयमा अर्थतन्त्रमा आरोहअवरोह हुनुलाई स्वभाविक नै मानिन्छ । सन् २००७ मा विश्वले सामना गरेको मन्दी एउटा ठूलो मन्दी थियो । त्यस पश्चात् नेपालमा आएको भूकम्पले केही समय यहाँका उद्योग व्यवसायलाई राम्रै असर पा¥यो । नाकाबन्दी र लकडाउनले पनि असर पा¥यो । अर्थतन्त्र मन्दीमा चलिरहेको समयमा पनि सबै क्षेत्रमा मन्दी आउँछ नै भन्ने हुँदैन । अर्थतन्त्र राम्रो तवरले चलिरहँदा पनि सबै क्षेत्रको विकास एकै किसिमले तीव्र रुपमा भएको नहुन सक्छ । तथापि अहिले अर्थतन्त्र अप्ठ्यारा स्थितिमा छ । यस्तो बेलामा राज्यले अबलम्बन गर्ने नीतिको भूमिका विशेष महत्वपूर्ण हुन्छ ।

युवा व्यवस्थापनको आवश्यकता

नेपालमा अहिले युवाहरुलाई स्वदेशमा नै व्यवस्थापन कसरी गर्ने भन्ने कुरा विशेष चासोको रुपमा रहँदै आएको छ । नेपाली युवाहरुलाई नेपालमा नै रोक्न नसक्नुमा नेपाली युवाहरुका विद्यमान समस्यालाई रोक्नको लागि उनीहरुका आवश्यकता परिपुर्ति गर्ने किसिमले नेपालमा रोजगारी उपलब्ध गराउनु नै मुख्य विषयको रुपमा रहँदै आएको छ । साथै तत्काल सबै नेपालीलाई यहीँ रोजगारी उपलब्ध गराउने आधार समेत निर्माण गर्न सकिएको छैन ।

नेपालमा उद्यमशिलता फस्टाउन नसक्नुका कारणहरु
नेपालमा लामो समय पञ्चायत, राजतन्त्र लगायतमा शासन व्यवस्था हाबी भए । केन्द्रित रह्यो । त्यस व्यवस्थामा यहाँ आर्थिक क्षेत्रलाई कसैले पनि चासोको साथ अघी बढाउन सकेको स्थिति बनेन । अहिले भर्खर मात्रै नेपाल आर्थिक विकासको एजेण्डा सहित अघी बढेको स्थितिमा उद्यमशिलता भर्खर मात्रै सबैको चासोको साथ अघी बढिरहेको छ । हामीले अब चाल्ने कदमको आधारमा हाम्रो भविष्यको सफलता निर्धारित हुनेछ ।

अन्त्यमा,
रोजगारीको लागि बाहिरिन चाहने नेपालीहरुलाई ठूलो पूर्वाधार तयार नगरी नेपालमा नै रोक्न सक्ने स्थिति छैन । नेपाली युवालाई नेपालमा नै रहने वातावरण बनाउनको लागि सीपमूलक व्यवसायमा उद्यमीको रुपमा संलग्न हुन युवाहरुलाई प्रोत्साहित गर्नुपर्छ । यसको लागि राज्यले आवश्यक तालिम एवं उद्योग सञ्चालनको लागि आवश्यक पर्ने पूर्वाधार विकास, लगानी व्यवस्थापन, नीतिगत सहजीकरण लगायत विभिन्न सहयोगहरु उपलब्ध गराउनुपर्छ ।

सापकाेटा गोचली टुर्स एण्ड ट्राभल्स प्रा.लि.का  प्रबन्ध निर्देशक समेत हुन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij