२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

युनाइटेड टेलिकमलाइ ५ अर्ब बाँकी बक्याैता तिर्न प्राधिकरणको ताकेता

युनाइटेड टेलिकमलाइ ५ अर्ब बाँकी बक्याैता तिर्न प्राधिकरणको ताकेता

काठमाडौँ । नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकम लिमिटेडको नाममा प्राधिकरणले सूचना जारी गरेका छ । युनाइटेड टेलिकमले प्राधिकरणलाई ५ अर्ब ३० करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको छ ।

२०७३ साल भदौ २० गते युनाइटेड टेलिकमलाई जारी गरिएको आधारभूत टेलिफोन सेवाको अनुमति पत्रपश्चात् त्यस लि. बाट नेपाल सरकार तथा यस प्राधिकरणलाई तिर्नु / बुझाउनु पर्ने अनुमतिपत्र नवीकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतका दस्तुर रकम२०७९ पुस मसान्तसम्म५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३.८८ रुपैयाँ कायम हुन आएको प्राधिकरणको सूचनामा उल्लेख छ ।

लामो समय दाखिला नभएकोले हालसम्म बाँकी रहेको सम्पूर्ण बक्यौता यही मिति २०७९ माघ मसान्तसम्म बुझाई सोको सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न प्रकाशित सूचनामा भनिएको छ । उल्लेखित समय भित्र उपरोक्त बक्यौता रकम दाखिला नगरेमाप्रचलितकानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij