२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

युथफोर्सकाे प्रशिक्षण सम्पन्न, आवश्यकता अनुसार प्रतिरोधमा उत्रन युवाहरुलाइ तयार पार्ने याेजना

युथफोर्सकाे प्रशिक्षण सम्पन्न, आवश्यकता अनुसार प्रतिरोधमा उत्रन युवाहरुलाइ तयार पार्ने याेजना

भक्तपुर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको युथफोर्सले आफ्ना सयौं कार्यकर्तालाई एक दिने कमाण्डो तालिम सञ्चालन गरेकाे छ ।

सर्वाेच्च अदालतबाट प्रधानमन्त्रीकाे रुपमा शेरबहादुर देउवा पक्षमा गरिएकाे निर्णयसँगै देशमा आएकाे नयाँ राजनीतिक तरङ्ग बीच भएकाे उक्त प्रशिक्षण कार्यक्रमलाइ विशेष महत्व साथ हेरिएकाे छ ।

युवा संघले केही दिनअघि युथ फोर्स ब्यूँताइएको थियो । युथ फोर्सले पार्टी, देश र जनताको निम्ती आवश्यक परेमा खुकुरीको धार भएर निस्कने उद्घोषका साथ क्षितिज थेवेको संयोजकत्वमा युथ फोर्स व्युँताइएको बताइएकाे छ ।

उक्त कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा आयाेजना गरिएकाे थियाे ।

कार्यक्रम पूर्वमन्त्री तथा संघका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

सर्वोच्च अदालतको असार २८ को परमादेश अनुसार सरकारबाट बाहिरिएसँगै एमालेले युथ फोर्स ब्यूँताएको हो । युथ फोर्सले राज्यका ज्यादती एवं जनताबिरुद्ध हुने कुनै पनि कामको प्रतिरोध गर्ने बताएको छ ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महेश  बस्नेतले आफूहरूले कानुनलाई हातमा नलिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी कानुनलाई हातमा लिँदैनौँ, साथमा लिन्छौँ । हिजो प्रचण्डले जस्तो हामी हत्या हिंसा गर्दैनौँ, मान्छेलाई दुःख दिँदैनौँ, निर्दोष व्यक्तिलाई दुःख दिँदैनौँ ।’

नेता बस्नेतले युथ फोर्सको विचार, कार्यकर्ता र शुभचिन्तकमाथि कसैले प्रहार गरेमा प्रतिरोधमा उत्रिन पनि निर्देशन दिनुभयो । उहाँले युथ फोर्समाथि अनेक आरोप लाग्न सक्ने बताउनुहुँदै सजग भएर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij