
कमल पन्थी । विद्यालय जीवन बालबालिकाको बाँकी जीवन सञ्चालनको मुख्य आधार हो । हामी मूलतः विद्यालय तहमा सिकेको ज्ञानको आधारमा नै बाँकी जीवनभर निर्देशित भइरहेका हुन्छौं ।
हाम्रो आधार बलियो हुन सकेको खण्डमा मात्र हाम्रो बाँकी जीवन पनि राम्रोसँग चल्ने भएको हुनाले हाम्रो विद्यालयीय शिक्षा पनि सिङ्गो जीवन सञ्चालनको लागि अति महत्वपूर्ण रहन्छ ।
मानवीय जीवनका विभिन्न आयामहरु छन् । ती मध्ये वित्तीय ज्ञान अर्थात आर्थिक व्यवस्थापन पनि एक महत्वपूर्ण आयाम हो ।
यसकारण विद्यालय शिक्षाले हामीलाई वित्तीय क्षेत्रसँग सम्बन्धित यी कुरा सिकाउन सक्नुपर्छ ।
१. बचत र लगानीको महत्व
२. सम्पत्ति र दायित्व बीच भिन्नता
३. सम्पत्ति निर्माण कला
४. पैसामा लागु हुने वृद्धि र ह्रासका नियमहरु
५. जागिर र उद्यमशिलता बीचको अन्तर
६. पैसा प्रति समाजको वर्तमान दृष्टिकोण र बदलावका तरिकाहरु
७. लगानी क्षेत्रहरु र पोर्टफोलियो व्यवस्थापन
८. वित्तीय लगानीका जोखिम र व्यवस्थापनका तरिकाहरु
९. निष्क्रिय आय अवधारणा
१०. अन्य व्यावहारिक ज्ञान र सफलताका कथाहरु
(वित्तीय व्यवस्थापन बारे थप जानकारीको लागि हामीलाई 9851190875 मा ह्वाट्सएप वा setogharnews@gmail.com मा इमेल गरेर जानकारी लिन सक्नुहुनेछ ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij