२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

यस्तै त हो नि!”

यस्तै त हो नि!”

– उरुजा स्थापित
एउटी नारी बलात्कृत हुँदा सोसियल मिडियामा अलि दिन चुरिफुरी निस्कने दुई मुखे समाजले अलि दिनमा नै कुरो सेलाएर भन्न थाल्छन् “यस्तै त हो नि!” कोहि नारी माथी कोहि पुरुषले कुदृष्टि राखे भने छिमेकी आन्टीले आँखा छोप्छन् अनि भन्छन् “यस्तै त हो नि!” कुरा काट्न उनी नै पछि पर्दैनन् है फेरि, अनि सारा टोललाई सुनाउँदै हिँड्छिन् “यो केटीको बानी व्यवहार यस्तै त हो नि!” सरकारले ढुकुटी ग्वाम्मै पचाउँदा ६०१ सांसद आँखा छोपेर बोल्छन् “यस्तै त हो नि!”
अहिले निकै नै चर्चामा आएको विषय, हामी बीच चर्चित नायिका सम्राज्ञी राज्य लक्ष्मी साहको कन्फेसन। उनले पर्दा पछाडि हुने व्यवहारको वास्तविकता देखाउन खोज्दा निकै नै होच्याउने व्यवहार देखिन थालियो।  त्यस्तो व्यवहार देखाउने नि को हाे र ? जुन उमेरका निर्माताले सम्राज्ञीलाइ शोषिण गर्ने प्रयास गरेका थिए उहीँ उमेरका पुरुष महासयहरु। “यहि कुरा त्यो बेला किन आएन ? अहिले सामाजिक संजालमा नौटंकी नदेखाएको राम्रो।” “फिल्ममा चल्न छोडेपछि अन्तिम अस्त्र भनेकै हुने नहुने बोलेर भाईरल हुने हो !” निशब्द छोडे मलाई यी भेडा नेपाली जनताले। धेरै कमेन्ट पढेँ तर सबैको भाव उहीँ “यस्तै त हो नि!” भुगोल अनुसारको काम भएन, विदेशमा २० बर्ष पछि पनि सुनुवाइ हुन्छ तर नेपालमा घटनाको तत्काल मात्र सुनुवाइ हुने यो घटनाले प्रष्ट जनायो।
के हामी जे छ त्यसलाई नै चल्न दिने ? जो व्यक्तिले सायद आफ्नो करियर नस्ट होला भन्ने डरले आज सम्म बोल्ने अाँट गरेकी थिइनन् होला वा सानै उमेरमा बोल्न खोज्दा मुखमा थुना लगाइएको होला, आज बोल्न खोज्दा “तिमीले बोल्न ढिलो गरेकी छेउ, अब तिम्रो बोल्ने ठाउँ रहेन।” भनेर पठाउने हो त ? के हुँदै आएको गलत व्यवहार माथि आवाज उठाउनु अपराध भयो ? हो यसरी बोल्नु अपराध हो भन्नुहुन्छ भने महासय, म भन्छु, हजुरको जन्म नै एउटा अपराध भएछ ला !

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij