२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मुम्बई पाँचौँपटक आइपिएल च्याम्पियन

मुम्बई पाँचौँपटक आइपिएल च्याम्पियन

काठमाडौं। मुम्बई इन्डियन्स १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ ।

मंगलबार दुबईमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै उपाधि रक्षा गरेको हो । मुम्बईले रोहित शर्माकै कप्तानीमा पाँचपटक उपाधि उचालेको हो । चेन्नई सुपर किंग्सले तीनपटक उपाधि हात पारेको छ ।

कप्तान रोहित शर्माको अर्धशतकप्रेरित मुम्बई इन्यिन्सले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।

मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए ।

बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij