२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मिनर्भा फाउन्डेसनद्वारा मिर्गौला पीडित लगायत विभिन्न व्यक्तिहरूलाई  सहयोग

मिनर्भा फाउन्डेसनद्वारा मिर्गौला पीडित लगायत विभिन्न व्यक्तिहरूलाई  सहयोग

२०७२ को महाविनाशकारी भुकम्प देखि नै सेवामूलक विभिन्न सामाजिक कार्यहरूमा क्रियाशिल हुँदै मिनर्भा फाउन्डेसनले सहयोग गर्दै आइरहेको छ।

हाल विश्वव्यापी रुपमा फेलिएको covid १९ कोरोना भाइरसले निम्ताएको lockdown को समस्यामा समेत उत्तिकै सहयोग उपलब्ध गराउँदै आएको  छ ।

तेजबहादुर गिदेल मगर

अाजै  सामाजिक कार्यमा संलग्न यस संस्थाले धादिङ नीलकण्ठ घर भएका र हाल दिदीको कोठामा बस्दै आएका दुबै मिर्गौला फेल भइ विगत ७ वर्ष देखि हप्ताको दुई पटक डायलोसिस गर्दै आएको तेजबहादुर गिदेल मगरलाइ   हस्पिटल खर्च बापत १ महिनाकाे लागि १५ हजार १ सय १० रूपियाँ उपलब्ध गराएका छन् ।

उनलाइ धादिङका स्थानिय वडा प्रमुख बाबुराम लम्सालको रोहवरमा उक्त सहयोग रकम  मिनर्भा फाउन्डेसनका सस्थापक टोपिन्द्र सापकोटाले हस्तान्तरण गर्नुभएकाे हाे ।

पीडित मगरकाे परिवार संख्या ६ जनाकाे छ ।  पीडित बाहेक हाल उक्त परिवारमा ७६ बर्षीय आमा, श्रीमती र ३ छोरा छन् । आर्थिक अवस्थाको कारणले गर्दा २ छोराहरुलाइ ससुरालीले र कान्छोलाई दिदीले पालनपोषण  गर्दै आएको मगर बताउँछन् । उनकी श्रीमतीलाइ पनि विगत ५ बर्ष अघि देखि ब्लड क्यान्सर भएको कारण परिवार निकै समस्यामा छ । मगर र उनकि श्रीमती पनि घातक रोगको शिकार भएको साथै आमा वृद्ध अवस्थाकी हुनुभएकाे लगायतका कारण अामाकाे हेरचाह  र छोराहरूकाे स्याहारसुसार  प्रति चिन्ता व्यक्त गर्छन् मगर ।

 

मगरका अनुसार उनलाइ अहिले सम्म उनका  छिमेकी  एवं  समाज सेवामा आबद्ध गोविन्द सापकोटाले उनकाे हेरचाह र उपचार एवं घरखर्चमा सहयाेग गर्दै अाएका थिए ।

सापकोटाले नै मगरलाई मिनर्भा फाउन्डेसनमा सम्पर्क गर्न सल्लाह दिएपछि मगरले मिनर्भा फाउन्डेसनका फाउन्डर टोपिन्द्र प्रसाद सापकोटालाई  सम्पर्क  गरेका हुन्।

गाेविन्द सापकाेटा, समाजसेवी
दिल बहादुर धिताल

सोही दिन नै  मिनर्भा फाउन्डेसनले क्यान्सरबाट दुवै खुट्टा गुमाउनुकाे अलावा  हातका औंलाहरु समेत गुमाएका पदमबहादुर खत्रीलाई आवश्यक औषधिहरु उपलब्ध गराएका थिए ।

साथै धादिङ केबलपुर स्थित घर भएका र हाल काठमाडौंको कुमारीस्थानमा बस्दै आएका अर्का प्यारालाइसिसका विरामीलाइ समेत खानाको लागि अभाव भएकाे जानकारी पाइ खाद्यान्न उपलब्ध गराएको मिनर्भा फाउन्डेसनका फाउन्डर टोपिन्द्र प्रसाद सापकोटाले  बताउनुभयाे ।

राजन गिरी, समाजसेवी

मिनर्भा फाउन्डेसनकी कोषाध्यक्ष बिमला ढुंगाना सापकोटाले अाफुहरूले सञ्चालन गरिरहेकाे यस अभियानमा तारकेश्वर नगरपालिका वडा न.९ सद्भाव बस्ती निवासी स्थानिय समाजसेवी राजन गिरिले रु ६ हजार १ सय १० सहयाेग मिर्गाैला पीडितलाइ उपलब्ध गराउनुभएकाे जानकारी गराउनुभयाे । साथै यस पवित्र कार्यमा सहयोग गरेकोमा मिनर्भा फाउन्डेसनकाे तर्फबाट सहयाेगी गिरीलाइ काेषाध्यक्ष विमला ढुंगानाले आभार व्यक्त गर्नुभएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij