२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

भारत अपडेट

माेदीकाे सम्बाेधन भारतमा वैशाख २१ गतेसम्म लकडाउन हुने

माेदीकाे सम्बाेधन भारतमा वैशाख २१ गतेसम्म लकडाउन हुने

भारतमा  वैशाख २१ गते (३ मे) सम्मका लागि लकडाउनको समय थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा यस्तो घोषणा गरेका हुन् । उनले सबैसँगको सल्लाह र सुझावका आधारमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले यसमा थप कठोरता लागू गरिने बताएका छन् । मोदीले वैशाख ८  (२० अप्रिल)सम्म लकडाउनको कति पालना भइरहेको छ त्यसको मूल्यांकन लगातार गरिने बताएका छन्  ।

साथै मोदीले यदि लकडाउन राम्रोसँग पालना गरिए  वैशाख ८ पछि केही छुट दिइने पनि बताएका छन् । तर उनले यी छुट अत्यधिक शर्तसहित लागू गरिने बताएका छन् । यद्यपि, यदि कुनै पनि इलाकामा कोरोनाको संक्रमण देखिन्छ भने ती अनुमती पुनः फिर्ता लिइने बताएका छन् । पछिल्लो २६ दिनमा मोदीको यो चौथो राष्ट्रको नाममा सम्बोधन हो ।

भारतमा गत चैत १२ देखि लकडाउन लागू गरिएको थियो । लकडाउनको आज अन्तिम दिन थियो । मोदीले भने, ‘जब यहाँ मात्र ५५० जना संक्रमित थिए, त्यतिबेला नै २१ दिनका लागि सम्पूर्ण लकडाउनको ठूलो कदम उठायौँ । भारतले समस्यालाई पर्खिएन बरु समस्या देखिने बित्तिकै चाँडो फैसला गरेर त्यसलाई त्यही समय रोक्ने प्रयास ग¥यो । ठूला–ठूला सामर्थ्यवान देशमा कोरोनाको आँकडाको तुलनामा भारतमा धेरै सम्हालिएको स्थिति छ ।’

मोदीले सामाजिक दुरी र लकडाउनले देशलाई ठूलो लाभ हासिल भइरहेको जिकिर गरे । ‘आर्थिक दृष्टिकोणबाट मात्र हेर्दा हामीले ठूलो मूल्य चुकाउनु परेको देखिन्छ तर भारतवासीको जीवनको अगाडि यसको कुनै तुलना हुन सक्दैन,’ उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij