
काठमाडौं । पर्यटन मन्त्रालयको आयोजनामा यसपटक लुम्बिनीमा दोस्रो संस्करणको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट आयोजना हुने भएको छ । लुम्बिनीमा ३ दिनको लागि आयोजना हुन लागेको उक्त औपचारिक कार्यक्रम आगामी मार्च २४ देखि २६ सम्म सञ्चालनमा रहनेछ ।
उक्त कार्यक्रममा मूलतः भारत, बङ्गलादेश, भुटान लगायतका दक्षिण एसियाली बौद्ध धार्मिक सम्प्रदायका व्यवसायी (व्यक्ति)हरुको उपस्थिति रहनेछ । उक्त कार्यक्रममा ४० भन्दा बढी देशबाट ३ सय ५० भन्दा बढी सहभागिहरु एवं करिब ५० सेवाप्रदायक÷सेवाग्राही र ८० भन्दा बढी सञ्चार संस्था तथा ब्लगरहरुको उपस्थिति रहने अनुमान गरिएको छ ।
पहिलोपटक सन् २०१९ मा आयोजना गरिएको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टमा १५ देशका करिब २ सय ५० सहभागि र ५० सञ्चार माध्यमको उपस्थिति रहेको थियो ।
बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टमा नेपाली ट्राभल अपरेटरहरु सेवाप्रदायकको रुपमा र अन्तर्राष्ट्रिय ट्राभल अपरेटरहरु सेवाग्राहीको रुपमा सहभागि हुनेछन् ।
यसपटकको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मुख्य आयोजक रहनुको अलावा नेपाल पर्यटन बोर्ड आयोजक साझेदार (organizing partner) रुपमा रहनेछ भने नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले कार्यान्वयन साझेदार (implamentation partner) को भूमिका निर्वाह गर्नेछन् । पर्यटन क्षेत्रका अन्य सरोकारवाला निकाय एवं संघसंस्थाहरु समेत आयोजक समितिमा संलग्न रही सामुहिक पहलमा उक्त कार्यक्रम सम्पन्न हुनेछ ।
उक्त कार्यक्रमले मूलतः शान्ति क्षेत्र नेपाल एवं बुद्धि भूमि लुम्बिनीको पर्यटकीय प्रवद्र्धनमा विशेष योगदान पु¥याउनेछ । लुम्बिनीलाई पर्यटकीय धार्मिक गञ्तव्यको रुपमा विकास गर्नुपर्ने मान्यताले यो कार्यक्रम सन् २०१९ मा शुरुवात गरिएको हो । यद्यपि त्यस पछिका विषम परिस्थितिका कारण यस कार्यक्रमले निरन्तरता पाउन सकेको थिएन ।
औपचारिक कार्यक्रमको अलावा लुम्बिनी क्षेत्रमा बौद्धिक, हिन्दू एवं मुस्लिम सम्प्रदायका व्यक्तिहरु एकै ठाउँमा मिलेर बसेको स्थितिलाई सहभागिहरुले नजिकबाट बुझ्न पाउने र यसले नेपालको आपसी सामाजिक सद्भावको सन्देशलाई विश्व बजारमा पु¥याउन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान गर्न सकिन्छ ।
३ दिनको लागि आयोजना हुन लागेको उक्त कार्यक्रमको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डेढ करोड रकम विनियोजित गरेको छ । थप रकम व्यावसायिक सहकार्यबाट जुटाइनेछ ।
उक्त कार्यक्रमको अवसरमा धार्मिक र बौद्धिक छलफल एवं सम्मेलन समेत आयोजना गरिनेछ । साथै नाट्टाले पर्यटन सम्बन्धी स्मारिका समेत सार्वजनिक गर्नेछ ।
स्मरण रहोस्, नेपाल हाल सम्म अन्तर्राष्ट्रिय युद्धहरुमा असंलग्न राष्ट्रको रुपमा रहँदै आएको छ । साथै भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई शान्ति क्षेत्रको रुपमा अन्तर्राष्ट्रिय थप चिनाउन सकेको खण्डमा द्वन्द्वमा रहेका २ मुलुकहरुलाई शान्ति सम्झौताको लागि समेत नेपाललाई उपयुक्त गञ्तव्य बनाउन सकिनेछ । यसबाट नेपालले प्रयाप्त लाभ लिन सक्नेछ । यसको लागि आगामी दिनमा कुटनीतिक नियोग लगायतका व्यक्तिहरुलाई नेपालमा भित्र्याउनको लागि नेपाल शान्ति क्षेत्र भन्ने सन्देश विश्वलाई दिनु जरुरी छ ।
नेपाली सेवाप्रदायकले उपलब्ध गराउने सेवामा प्रतिष्पर्धा हुन गई आफूले प्रदान गर्ने सेवालाई थप गुणस्तरीय बनाउन समेत यस कार्यक्रमले विशेष भूमिका खेल्न सक्ने बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टका कार्यकारी निर्देशक विनय शाक्यले सेतोघर डट कमलाई बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij