२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

‘माइती’ ब्राण्डमा लिक्विड साबुन उत्पादन गर्दै खुसी इण्डष्ट्रिज

‘माइती’ ब्राण्डमा लिक्विड साबुन उत्पादन गर्दै खुसी इण्डष्ट्रिज

शुशिल मोक्तान,  प्रबन्ध निर्देशक, खुसी इण्डष्ट्रिज नेपाल प्रा.लि
(माइती’ ब्राण्डको लिक्विड साबुन उत्पादक कम्पनी)

काठमाडाैं । भर्खर मात्रै नेपाली बजारमा भाँडा धुने झोल साबुन उत्पादन शुरुवात भएको छ ।

खुसी इण्डष्ट्रिज नेपालले ‘माइती’ ब्राण्डमा झोल साबुन उत्पादन शुरुवात गरेको हो । सिन्धुपाल्चोकका शुशिल मोक्तानले आफूहरु चिनियाँ बजारमा व्यापक प्रयोग भइरहेको झोल साबुनको सम्भावना नेपाली बजारमा पनि राम्रो हुन सक्ने देखेर नेपालमा यसको उत्पादन शुरुवात गरेको बताउँछन् ।

झोल साबुन उत्पादनको लागि गोकर्णेश्वरमा जग्गा भाडामा लिएर मोक्तानले काम शुरुवात गरेका छन् ।

अहिले सम्म नेपाली बजारमा झोल साबुन उत्पादन नभएको अवस्थालाई विचार गरेर आफूहरुले यस्तो प्रयत्न गरेको मोक्तान बताउँछन् ।

हाल नयाँ उत्पादन भएको र बजार सञ्जाल नबनिसकेको अवस्थामा बजारको मागअनुसार नै आफूहरुले झोल साबुन उत्पादन गरिरहेका छन् उनी ।

हाल बजारको दायरा काठमाडौं उपत्यकामा नै सीमित छ । तथापि आफ्नो व्यवसायलाई बिस्तार गरेर उनी देशभर पु¥याउन चाहन्छन् । यसको लागि लागि बलियो डिलर नेटवर्क बिस्तारको लागि उनले सिष्टम निर्माण कार्यमा आफूलाई व्यस्त बनाएका छन् ।

उद्योग सञ्चालनको लागि १ करोड रकम लगानी भएको छ ।

झोल साबुन प्रचलनमा रहेको ठोस साबुन भन्दा सस्तो र प्रयोगको लागि सहज हुने मोक्तानको भनाई छ ।

आफ्ना उत्पादनको ब्राण्डिङका लागि घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको भृकुटीमण्डपको प्रदर्शनीमा समेत उनले स्टल राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij