२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

महिन्द्रा एक्सयूभी ७०० नेपाली बजारमा

महिन्द्रा एक्सयूभी ७०० नेपाली बजारमा

महिन्द्रा गाडीको आधिकारीक वितरक अग्नी इनकर्पोरेटले नेपाली बजारमा महिन्द्र एक्सयूभी ७०० सार्वजनिक गरेको छ ।

कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गरि एक्सयुभी ७०० सार्वजनिक गरेको हो ।

नेपाली बजारमा एड्रिनोएक्स कनेक्ट फिचरमा आएको यो गाडीको आकर्षक लुक्स देख्न सकिन्छ । नयाँ लोगो सहितको महिन्द्रा एक्सयुभिको बोल्ड डिजाइन, आकर्षक लुक्स र फरक बिशेषताले अझ भब्य बनाएको छ ।

महिन्द्राका गाडीमध्य सबैभन्दा बढी फिचर पाइने यो गाडीको सिस्टम नविनतम र प्रयोग गर्न सजिलो हुने गरी बनाइएको छ । एड्रिनोएक्स कनेक्ट सिस्टमको जसमा विभिन्न सुरक्षा फिचरहरु दिइएको छ ।
यो गाडीमा रिमोट स्टार्ट र स्टप फिचर, स्मार्ट कनेक्ट, मोबाइल तथा स्मार्टवाच भेहिकल कन्ट्रोल जस्ता फिचर उपलब्ध छ । नेपाली बजारमा पाँच र सात सिट अप्समा आएको एक्सयुभि ७००मा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । पावरफुल इन्जिनकै कारण यो गाडी नेपालका जस्तो सुके वाटोको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । एक्सयुभी टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क जनेरेट गर्छ ।

सुरक्षाको हिसावलेपनि उत्कृष्ट रहेको एक्सयूभी ७००मा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम राखिएको छ । एलइडी डेटाइम रनिङ लाइट, पानारोमिक सनरुफ लगातका फिचर दिएको यो गाडीको सुरुवाती मूल्य ७४ लाख तोकिएको छ । ६ भेरियनटमा आउने यो गाडीको टप भेरियन्टलाई १ करोड १० लाख रुपैयाँ तोकिएको छ ।

एक्सयूभी एएक्स ३ को ७४ लाख, एएक्स ५ को ८१ लाख र एएक्स५ सात सिटरको ८३ लाख रुपैयाँ मुल्य राखिएको छ । त्यसैगरी एक्सयूभी ७०० एएक्स ५, ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटीकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij