महालक्ष्मी विकास बैंकले एक कार्यक्रमबिच कर्णाली प्रदेशका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केद्रिय कालिकोटसँगको समन्वयमा बैंकको केद्रिय कार्यालयमा आयोजित कार्यक्रमा विज्ञप्ति जारी गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीहरु पैसाको अभावबाट उच्च शिक्षा हासिल गर्ने चाहानाबाट वञ्चित हुन नपारोस बैंकले भनेको छ ।
कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसइइ) पास गरी काठमाण्डौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहाने विद्यार्थीलाई छात्रवृत्तिको रकम प्रदान गरेको हो । यसले विधार्थीहरुको उच्च शिक्षा हासिल गर्ने चाहानामा गतिशिलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” समेत सञ्चालनमा ल्याएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij