काठमाडाैं, २७ माघः महालक्ष्मी विकास बैंकले “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा ल्याएको हो ।
बैंकले सञ्चालनमा ल्याएको “महालक्ष्मी कल सेन्टर” बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्दै गा्रहकहरुको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने बताएको छ । साथै वित्तीय सेवाहरु सम्बन्धी जानकारी प्रदान गर्ने र डिजिटल बैंकिङ्ग सम्बन्धी आइपर्ने प्राविधिक समस्याहरुको सम्बोधन गर्ने, ग्राहकहरुबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडी बढाउने लगायतका कार्यहरु गने बैंकले जनाएको छ ।
ग्राहकहरुले ०१–५९७०९७३ मा सिधा सम्पर्क् वा helpdesk@mahalaxmibank.com.np मा इमेल गर्न सक्ने भएकाे छ । बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागत रुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै बैंकले यस्तो सेवाको सुरुवात गरेको हो । यसबाट ग्राहकहरुको समस्याहरुको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij