काठमाडाैं । २०७६ काे मदन पुरस्कार चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासले पाउने भएकाे छ ।
मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको हाे ।
मदन पुरस्कारका लागि १५१ पुस्तक प्राप्त भएपनि सात पुस्तक छनोटमा परेका थिए ।
ती छनाैटमा परेका ७ ओटा किताबहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा कृति थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij