काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको बताउँदै आफैं सतर्क हुन आग्रह गरेका छन् । एक कार्यक्रमलाइ सम्बाेधन गर्दै उनले नागरिक आफैं सचेत हुनुपर्ने समेत बताए ।
उनले भने ‘कोरोना संक्रमण फैलिएको बेला काठमाडौं महानगरपालिकाले जो जहाँ बसेको छ, त्यो त्यहीं सुरक्षित बस्नुहोला’
पछिल्लो समय धेरै मान्छेहरू उपत्यका छिर्न थालेपछि थप समस्या भएकाे उनकाे धारणा छ ।
अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुपर्यो भनी आवाज उठिरहेकोमा पनि टिप्पणी गर्दै मेयर शाक्यले पीसीआर परीक्षण नै रोगको उपचार नभएको स्पष्ट पारे ।
उनले भने, ‘हामीले बुझ्नु पर्छ, पीसीआर भनेको औषधी होइन । जस्तो हामी ब्लड प्रेसर नाप्न जान्छौँ । बिहान नापेको ब्लड प्रेसर दिउँसो अर्कै भइसकेको हुन्छ । त्यस्तै सुगर जाँच पनि बिहान र बेलुकी नै फरक परिसक्छ । पीसीआर पनि त्यस्तै हो,’ उनले भने,’यसले अहिले तत्कालको अवस्था मात्रै बताउने हो । एकपटक पिसिआर गरेर सधैं ढुक्क हुन सकिँदैन ।’
साथै पीसीआर परीक्षणबाट पैसा विदेश गइरहेको तर्फ पनि साेच्नुपर्नेमा उनले सचेत गराएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij