२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

महाकुम्भ मेलाको उद्घाटन ! उद्घाटन- समारोहमा जगतगुरु डा. श्रीवैष्णव कृष्णदास महाराजको उपस्थिति

महाकुम्भ मेलाको उद्घाटन ! उद्घाटन- समारोहमा जगतगुरु डा. श्रीवैष्णव कृष्णदास महाराजको उपस्थिति

दिपक  घिमिरे, काठमाडौं २४ महाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भए पनि अन्तिममा आएर कार्यक्रम स्थगित गरिएको हो । उनीसँगै जाने तय भएको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको कायैक्रम पनि स्थगित भएको छ ।मेलाको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । उनले सुनसरीका धार्मिक पर्यटकीय क्षेत्रहरूलाई जोडेर धार्मिक सर्किट बनाउने दाबी गरे । त्यसका लागि प्रदेश सरकार लागि रहेको बताए ।

प्रदेश सरकारले मेला व्यवस्थापनका लागि अस्थायी रूपमा सम्पर्क कार्यालय नै राखेको छ । जसको संयोजकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की रहेका छन् । २०५९ सालदेखि प्राचीन हरिद्वार चतरामा बालसन्त मोहनशरण देवाचार्यले कुम्भ मेला लगाउन थालेका हुन् । भारतमा मात्रै कुम्भ मेला लाग्दै आएको थियो । हरेक १२ वर्षमा महाकुम्भ लाग्छ भने प्रत्येक ६ वर्षमा लाग्ने मेलालाई अद्र्धकुम्भ मेलाको रूपमा चिनिन्छ ।

 

उक्त मेला  उद्घाटन समारोहमा आद्यजगद्गुरु रामानन्दाचार्य पद विभूषित जगतगुरु डा. श्रीवैष्णव कृष्णदास महाराजको उपस्थिति रहेको थियो ।उनको सतसंकल्पमा ऐतिहासिक वराहक्षेत्रस्थित चतराधाममा दुई महिनाअघि मात्रै श्रीराम तारक ब्रम्ह महायज्ञ आयोजना गरिएको थियो । करिब ७०५ वर्षपछि आयोजना त्यस महायज्ञमा करिब १५ लाख भन्दा  बडि भक्तजन सहभागी भएका थिए l

 

आगामी बैशाख २४ गतेसम्म एक महिनासम्म चल्ने मेलामा कानुनमन्त्री कार्कीसहित पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियैत, संघीय सांसद् जयकुमार राईलगायत उच्च पदस्थ कर्मचारी, प्रहरी प्रशासन, नेपाली सेनासहित सहभागी भएका थिए । मेलामा १ करोड भक्तजनको उपस्थिति हुने दाबी बालसन्त मोहनशरण देवाचार्यले गरेका छन् । शुक्रबार पिण्डेश्वर मन्दिरबाट अद्र्धरुद्रभिषके तथा स्तोत्र पाठसहित कुम्भ घडा कलशयात्रा गर्दै कार्यक्रमको विधिवत शुरुवात गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij