२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

मर्करी डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध

मर्करी डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्र (सेफेड)को अनुसन्धानमा आधारीत मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवाका सम्बन्धित सबै सरकारवाला संघसंस्थाहरुसँग मिलेर गर्दै आएको पैरवीलाई सम्बोधन गर्दै सम्मानीय उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यादवले मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाउँदै मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवा सुनिश्चित गर्नेतर्फ उनमुख भएको अत्यन्तै दुरगामी निर्णय यही २०७६ साल भाद्र ४ गतेको मन्त्रीस्तरीय निणर्यबाट कार्यान्वयनमा आउने भएको छ ।

राम चरित्र शाह, वातावरण वैज्ञानिक

संयुक्त राष्ट्र संघीय मिनामाता मर्करी महासन्धि लगायत विभिन्न पेशागत संगठन, राष्ट्रिय, क्षेत्रिय एवं विश्वव्यापी रुपमा अनुशरण गर्दै गएका मर्करीमुक्त दन्त चिकित्सा सेवाबारे विभिन्न सम्बन्धित पेशागत संगठन जस्तै नेपाल डेन्टल ऐसोसिएसन, नेपाल मेडिकल एसोसिएसन, त्रिभुवन विश्वविद्यालय एवं काडमाडौं विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु, नेपाल स्थित विश्व स्वास्थ्य संगठन, गैरसरकारी संघसंस्थाहरु लगायत अन्य सबै सरोकारबालाहरु सँगको समन्वयमा मर्करी डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाउने तर्फ निम्नलिखित वातावरण र जनस्वास्थ्यमैत्री निर्णय गरेको छ ।

उक्त निर्णय मिति २०७६ भाद्र १८ गते देखि लागु भएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, उक्त जनस्वास्थ्य र वातावरणमैत्री निर्णयको लागि सम्माननीय उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थय सचिव डा. पुष्पा चौधरी लगायत मन्त्रालयका सम्बन्धित सबै अधिकारीहरु प्रति उच्च सम्मानका साथ हार्दिक कृतज्ञता ज्ञापन गर्दै उक्त निर्णयहरुको प्रभावकारी कार्यान्वयनको लागि जोडदार माग पनि गरिएको छ ।

हाल गरिएको व्यवस्था बमोजिम यी कुराहरु समेटिएका छन् 

क. गर्भवती र स्तनपान गराईरहेकी महिला तथा १५ वर्षमुनिका बालबालिकाहरुमा मर्करी डेन्टल अमल्गमको प्रयोग पुर्णतः प्रतिबन्ध लगाउने
ख. अन्य उमेरको हकमा विकल्प भएमा (मर्करी डेन्टल अमल्गमको प्रयोगमा) पाँच वर्ष भित्र प्रतिबन्ध लगाउने ।
ग. दन्त चिकित्सा अध्ययन अध्यापन सम्बन्धी विषयको लागि सम्बन्धित विश्वविद्यालयहरु, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई मर्करी डेन्टल अमल्गमको प्रयोगबाटै पाठ्यक्रम परिमार्जन गर्ने ।
घ. प्रयोगात्मक अभ्यासमा मर्करी अमल्गमको प्रयोग प्रतिबन्ध गर्ने ।

यस अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०६९।११।२१ मा मर्करीयुक्त उपकरणहरुको आयात, खरिद तथा प्रयोगमा आ.व. २०७०।७१ देखी पुर्णतया प्रतिबन्ध गर्ने निर्णय गरी प्रभावकारी कार्यान्वयनमा आईसकेको छ । फलस्वरुप प्रायजसो सबै अस्पतालहरुमा ज्वरो नाप्न मर्करीमुक्त डिजिटल थर्माेमिटर तथा रक्तचाप नाप्न मर्करीमुक्त ऐनेरोइड स्फिगमोम्यानोमीटरको प्रयोग भैरहेको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र स्वास्थ्य मन्त्रालयले गरेको निर्णयलाई उचित समयमा आएको निर्णय भनेर प्रशंसा गर्दै यसको कार्यान्यवनबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा सेवा सम्बन्धी लिएका अग्रसरतामा टेवा पुग्ने विस्वास लिएको छ । साथै वन तथा वातावरण

मन्त्रालयले हालै सम्पन्न गरेको नेपालको मिनामाता प्रारम्भिक मुल्याङ्कन(Minamata Initial Assessment-MIA) प्रतिवेदनले खासगरी मर्करीयुक्त उपकरणहरु र डेन्टल अमल्गमको आयात, विक्रिवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने र दन्त चिकित्सा शिक्षाको पाठ्यक्रममा मर्करीमुक्त वैकल्पिक साममानहरु जस्तै कम्पोजिट, गलासा आईनोमर, कम्पोमर आदि बारे यथेष्ट समावेश गरी उचित सुधार गर्नुपर्ने जस्ता सुझावहरुको परीपालना गर्न समेत मद्धत पुग्ने विश्वास लिइएको छ ।

यस निर्णयले मिनामाता मर्करी महासन्धिले मानव गतिविधिबाट उत्सर्जित मर्करीको दुष्परिणामबाट स्वास्थ्य र वातावरण जोगाउने अन्तर्राष्ट्रिय रुपमा अनुशरण गरेकोे उद्धेश्य पुरा गर्न पनि सहायोग पुग्ने विस्वास लिईएको छ । मर्करी महासन्धिले सन् २०१७ अगष्ट २६ तारीखबाट अन्तर्राष्ट्रिय कानुनको मान्यता प्राप्त गरीसकेको छ । हालसम्म महासन्धिमा नेपाल लगायत १२८ वटा देशहरुले हस्ताक्षर गरेका छन् भने ११३ देशले अनुमोदन समेत गरीसकेका छन् । नेपालले करिब छ वर्ष भन्दा अघी (सन् २०१३ अक्टोवर १०) नै हस्ताक्षर गरेपनि हालसम्म अनुमोदन गर्न भने सकेको छैन । यस अवस्थामा आएको उक्त निर्णयको प्रभावकारी कार्यान्वयनले १५ वर्ष मुनिका बालबालिकाहरुको दाँतमा र गर्भवती वा स्तनपान गराईरहेको महिलाहरुको दाँतको उपचारमा मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोग पूर्णतया उन्मुलन गर्नुको साथै अन्य उमेर र समूहका जनता र भावी सन्ततीलाई पनि यसबाट जोगाउने कुरा सेफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले बताउनु भयो ।
पेशागत संगठनहरु र सम्बन्धित सरकारी निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्करी अमल्गम लगायत अन्य मर्करीयुक्त उपकरणहरुको आयात, विक्रिवितरण, खरीद र प्रयोगमा प्रतिबन्ध लगाई मिनामाता महासन्धि सम्बन्धि पतिवेदनले दिएका सुझावहरुको कार्यान्वयनमा अग्रसरता देखाईसकेको अवस्थामा पनि महासन्धिका फोकल वन तथा वातावरण मन्त्रालय मन्त्रालयबाट अनुमोदन हुन नसक्नु दुखद पक्ष हो । तसर्थ वन तथा वातावरण मन्त्रालय मन्त्रालयले यथाशिघ्र मिनामाता महासन्धि अनुमोदन गरी पहिचान भैसकेकाा मर्करी सम्बन्धी स्वास्थ्य र वातावरणीय समस्याहरुलाई सम्बोधन गर्न पक्षधर राष्ट्रहरुलाई मात्र प्राप्त हुने आवश्यक आर्थिक र प्राविधिक सहयोग जुटाउनुपर्नेमा केन्द्रका कार्यकारी निर्देशक साहले जोड दिनुभयो ।

मर्करीमुक्त स्वास्थ्य सेवा, मर्करीमुक्त दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त दन्त चिकित्सा शिक्षा सम्बन्धी नीतिको अनुशरण गर्ने गराउने कुरा संयूक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम नेपाल (UNDP GEF SGP Nepal को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रववद्र्घन केन्द्र काठमाण्डौंले कार्यान्वयन गरीरहेकोे जनचेतना अभिवृिी, साझा फोहर प्रशोधन केन्द्र बनाउने तर्फ सहयोग र नीतिगत पैरवीको माध्यमले स्वास्थ्य क्षेत्रबाट दीर्घाकालिन प्रदूषण तथा मर्करीको उत्सर्जन घटाउँदै लैजाने परियोजना (Reduction of POPs and Mercury from Health Sector of Nepal through Awareness Raising, helping CTF set up and Policy Influences) अन्तर्गत प्राप्त गर्ने लक्ष्य रहेको थियो । यस परीयोजना कार्यान्वयन र लक्ष्य प्राप्तिमा विश्वव्यापी रुपमा जनस्वास्थ्य र वातावरण संरक्षणार्थ कार्य गरीरहेको अन्तर्राष्ट्रिय सञ्जाल World Alliance for Mercury Free Dentistry (WAMFD) and International POPs Elimination Network (IPEN)  हरुको पनि ऐक्यबद्धता तथा प्राविधिक सहयोग रहेको छ ।

मर्करीको स्वास्थ्यमा प्रभावः
विश्व स्वास्थ्य संगठन का अनुसार मर्करी मानवस्वास्थ्य र वातावरणमा असर पुर्याउने विभिन्न मुख्य १० रसायन मध्ये एक प्रमुख रसायन हो । मर्करीले स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह्रास, प्रजनन् प्रणाली, नवजात शिशु, गर्भवती महिलाहरु, शिशुको वृिद्ध विकासमा अवरोध पु¥याउँदछ । छाला समेतलाई पार गरेर शरीरका विभिन्न संवेदनशिल र महत्वपुर्ण अंगहरु जस्तै मस्तिष्क, फोक्सो, मृगौला सम्म बिना रुकावट सजिलै पुगि हानी समेत पु¥याउँदछ भने सालनाल पार गरी गर्भमा रहेको शिशुहरुको शारीरिक, मानसिक र बौद्धिक विकासमा पनि अवरोध पुर्याउँदछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij