२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

मकालु साबुन उद्योगमा आगलागी

मकालु साबुन उद्योगमा आगलागी

करिब ५ करोड क्षति

वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो । वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको यो उद्योगमा  दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुन्छन् ।

आगलागीबाट अन्दाजी पाँच करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सत्यनारायण थापाले बताए । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij