२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

भोटेकोशी बाढी पीडितको राहतका लागि ग्लोबल आइएमई बैंकद्वारा ५ करोड सहयोग 

भोटेकोशी बाढी पीडितको राहतका लागि ग्लोबल आइएमई बैंकद्वारा ५ करोड सहयोग 

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा उक्त रकम जम्मा गर्ने घोषणा गरेको हो।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका तटीय क्षेत्रमा व्यापक कटान र डुबान भई ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। बाढीले सयौँ परिवार विस्थापित हुनुका साथै बस्ती, पुल, सडक र जलविद्युत् आयोजनाहरूमा क्षति पुर्‍याएको छ।

पुनर्स्थापना र उद्धारमा सघाउने लक्ष्य

बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैंकले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुनः निर्माणमा सघाउन यो सहयोग रकम उपलब्ध गराइएको बैंकले जनाएको छ।

विपद्को घडीमा नागरिकको घाउमा मलम लगाउनु बैंकले आफ्नो मुख्य कर्तव्य मान्दै आएको छ। यसअघि आएका बाढी, पहिरो, भूकम्प तथा महामारीका समयमा पनि बैंकले अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको थियो।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल पुर्‍याउने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यसैगरी बैंकले अमेरिका, बेलायत, अष्ट्रेलिया, मलेसिया, कोरिया, जापान र खाडी मुलुकहरूबाट औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ। बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाबाट समेत सम्मानित भइसकेको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij