
भैरहवा । एकल महिलालाई साढे ३ बर्षदेखि साथी बनाएर ब्ल्याकमेल गर्ने बुटवलका सिद्धार्थ गुरुङलाई जिल्ला सरकारी वकिलको कार्यालयले आज रुपन्देही जिल्ला अदालत पेश गर्ने भएको छ ।
दिउँसो २ बजे अदालत पेश गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरेको स्रोतले बताएको छ । सिद्धार्थ विगत २७ दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । उनलाई प्रहरीले आईतबार पेश गर्ने तयारी गरेको भएता पनि सिद्धार्थको इच्छा अनुसार आज मंगलबार पेश गर्न थालिएको हो । प्रहरीले आईतबार नै सरकारी वकिल कार्यालय पेश गरेको थियो ।
भैरहवा ५३ को सर्वस्व लुट्ने सिद्धार्थ गुरुङको आज थुनछेक बहस, ४ नं बेञ्चमा परेको छ ।
यता सिद्धार्थका नजिकका साथिहरुले पीडित भैरहवा ५३ को पक्षमा बहस गर्ने तयारी गरिरहेका वकिलहरुलाई भेटि बहस पैरबी नगरिदिन आग्रह गर्ने गरेका छन् । उनीहरुले कतिपयलाई आग्रह त कतिपयलाई धम्किपुर्ण भाषा पनि प्रयोग गर्ने गरेको बुझिएको छ ।
एकल महिलालाई मायाजालमा पारेर , गोप्य भिडीयो बनाई त्यसैबाट ब्ल्याकमेल गर्दै बारम्बार जबरजस्ती करणी गरेको मिडियाबाट थाहा पाएपछि रुपन्देहीका धेरै महिला अधिकारकर्मि तथा अभियन्ताहरुले सिद्धार्थलाई हदै सम्मको कारबाहिको माग समेत गरेका छन् । पीडक पक्षको दबाबको विच पनि महिला, बालबालिका तथा असहायको क्षेत्रमा निशुल्क बहस पैरबी गर्ने व्यवसायीक वकिलहरुले पीडितको पक्षमा स्वतःस्फूर्त बहस गर्ने तयारी गरेका छन् ।
सिद्धार्थले पीडित महिलालाई बुढी, बेबि भन्दै गरेका म्यासेज समेत प्राप्त भएका छन् । उनले यतिबेला आफुले पीडितलाई दिदी बाहेक नसोचेको बताईरहदा विगतमा उनले बुढी, बेबि भनेको कुराले उनको बयानलाई झुठ सावित गरेको छ ।
त्यतिमात्रै नभई काठमान्डौको होप फर्टिलिटी सेन्टरमा सिद्धार्थ र पीडित महिला श्रीमान श्रीमतिको रुपमा सँगै गई सिद्धार्थको शुक्रकिट समेत चेकजाँच गराएको कागजात समेत प्राप्त भएको छ ।
यसरी श्रीमति बनाएर बच्चा जन्माउन सरोगसी प्रविधि अपनाउनेगरी एकल महिलालाई लिएर आफ्नो शुक्रकिटको चेकजाँच गराएका सिद्धार्थ यतिबेला भने पीडित भैरहवा ५३ दिदी मात्रै भएको प्रहरीसँगको लिखीत बयानमा बयान दिनु गम्भिर नैतिक विचलन रहेको देखिन्छ ।
पीडक पक्षका वकिलले सिद्धार्थलाई सके साधारण तारेख नभए धरौटीमा छुटाउने ढुक्कका साथ भन्दै हिडेका छन् । एकल महिलालाई झुक्याउंदै योजनाबद्धरुपमा मायाजालमा पारी फोटो तथा भिडीयो मार्फत ब्ल्याकमेल गर्ने गरेको पीडित महिला भैरहवा ५३ सम्मानित अदालतले न्याय दिने आसामा रहेको बताउंछिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij