२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

भैरहवाबासीको स्वाभिमानका लागी बामपन्थीले जित्नुपर्छ : भुषाल

भैरहवाबासीको स्वाभिमानका लागी बामपन्थीले जित्नुपर्छ : भुषाल

शशि पन्थी, भैरहवा ।

सधै राष्ट्रवादी रहेका भैरहवाबासीहरुको स्वाभिमानका लागी बाम गठबन्धनले जित्नु पर्नेे नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले बताएका छन् । रुपन्देही क्षेत्र नं ३ बाम गठबन्धनका संयुक्त उम्मेदवार समेत रहेका भुषालले सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडाहरुको घरदैलो तथा विभिन्न भेलालाई सम्बोधन गर्दै भुषालले पटक पटक यस क्षेत्रबाट जित्नेहरुले मन्त्री बन्ने सरकार र सत्तामा पुग्ने अनि आफ्ना कार्यक्रतालाई मात्रै पालन पोषण गर्ने कार्य गरेको प्रति यस क्षेत्रका जनता आजीत भएको हुनाले यस पटकको निर्वाचनमा बाम गठबन्धनले भारी मतका साथ जित्नु पर्ने भुषालले बताएका छन् ।

बिभिन्न भेला तथा घरदैलो कार्यक्रमहरु लाई सम्बोधन गर्दै भुषालले ५ नं प्रदेश टुक्र्याउन यस क्षेत्रका जनताले महत्वपूर्ण भूमिका खेलेको, बेलहिया नाका बन्द गर्न बाट रोकेर यस क्षेत्रका जनताहरुले देशै बचाएको स्मरण गर्दै भूषालले अब गरीखाने वर्गका दिन नजिक आएको अब जनताले राहतको महसुस बाम गठबन्धनको सरकारबाट पाउने बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका केन्द्रीय सचिवालय सदस्य एवं पूर्व मन्त्री हकि कुल्ला खांले कम्युनिष्ट पार्टी परिवर्तनकारी शक्ति भएको हुनाले बाम एकता गरीएको बताउंदै बाम गठबन्धनको एकताले यथास्थीति वादीहरुको टाउको हल्लीएको बताएका थिए ।

पैसा बाड्नेहरु र आयल निगमको घोटाला गर्नेहरुले नेतृत्व गर्नु भनेको भुत उठेर नेतृत्व गर्नु जस्तै भएको हकि कुल्ला खांले बताएका थिए । कायक्रममा क्षेत्र नं ३ प्रदेश सभा १ बाम गठबन्धनका संयुक्त उम्मेदवार अनुप वराल विश्वासले यस क्षेत्रका पूर्व सांसद पैसा बाँडेर चुनाव जित्ने प्रयत्नमा लागेका कारणले अध्ययन र रोजगारका निम्ति युवाहरु विदेश जान बाध्य भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij