२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

भृकुटीमण्डपमा दशैं लक्षित जुत्ता मेला शुरू

भृकुटीमण्डपमा दशैं लक्षित जुत्ता मेला शुरू

नेपाल जुत्ताचप्पल उद्योगी व्यवसायी संघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता प्रदर्शनी तथा विक्री मेला शुरु भएको छ ।
नेपालीहरुको महान चाड विजयादशमी नजिकिँदै गएको परिप्रेक्ष्यलाई ध्यानमा राखी मेला आयोजना गरिएको हो ।

मेलामा नेपालमा नै जुत्ताचप्पल उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरुको संलग्नता छ । मेलामा विशेष छुटमा जुत्ताचप्पल पाउन सकिनेछ ।
हाल मेलामा संलग्न कम्पनीहरुमा स्मार्ट शुज, भेनस शुज, पारागन शुज, केटीएम शुज लगायतका कम्पनीहरुको छन् ।


नेपाली जुत्ता उद्योगको प्रवद्र्धन गर्न र आयातलाई विस्थापन गर्नुको साथै सहुलियतमा उपभोक्तालाई जुत्ता उपलब्ध गराउन सकिने मान्यताको साथ मेला आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij