भारतमा एकैदिन कोभिड-१९ का ५२४२ संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोभिड १९ का ५२४२ नयाँ संक्रमित थपिएका हुन् ।
यो सँगै भरातमा कोरोना संक्रमितको संख्या ९६,१६९ पुगेको छ । अधिकारीहरुका अनुसार भारतमा एकै दिन कोरोना संक्रमित थपिएको यो सबैभन्दा ठूलाे तथ्याङ्क हो ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ५७ जनाको मृत्यु भएको छ। यस्तै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०२९ पुगेको छ । संक्रमित मध्ये ३६८२३ जना उपचारपछि निको भएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij