२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

भारतमा आजबाट आन्तरिक उडान खुला

भारतमा आजबाट आन्तरिक उडान खुला

काठमाडौं- भारतमा आजबाट आन्तरिक उडान खुला भएको छ।

भारतका नागरिक उड्डयन मन्त्री हरदीप पुरीले गत मे २० मै एक ट्विट गर्दै मे २५ बाट भारतमा आन्तरिक उडान खुला गर्ने तयारी रहेको जानकारी गराएका थिए। उनले सबै विमानस्थल र वायु सेवा प्रदायकलाई तयारीमा बस्न जानकारी दिइसकेको पनि उल्लेख गरेका थिए।

कोरोना संक्रमण फैलिँदै गएपछि भारतमा करिब दुई महिनायता आन्तरिक उडान बन्द थिए। अहिले पनि भारतमा संक्रमण तीव्र गतिमा फैलिएको छ। सोमबार बिहानसम्म त्यहाँ १ लाख ३८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत १० औं स्थानमा छ। त्यस्तै, ४ हजार २४ जनाको  मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij