सिनेसाइड डिजिटल मुभिजको प्रस्तुतीमा देव मगरको शब्द संगीत सहित विजय जिरेलको छायाङ्कनमा ‘भाग्यले हार्यो कि’ नामक म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
यस मुभिजकाे अभिनयमा प्रसान्त केसी र मेरी बास्सैमा मोडलिङ गर्दै आएकी अनिता बस्नेत छन् ।
रामेश्वर जिरेलले निर्देशन गरेको यस म्युजिक भिडियोले सामाजिक गतिविधिकाे साथसाथै मायाप्रीतिका कुराहरु समेटेको छ ।
गोकर्णको उत्तरबाहिनी मन्दिरमा छायाङ्कन भएको यो म्युजिक भिडियो युवा पुस्ताहरुबीच लोकप्रिय हुने विश्वास लिइएको छ ।
भाग्यले हार्याे कि कर्मैले मार्याे
न त वार भएँ हजुर न त पार भएँ
बीचैमा अाफैं बगी गएँ ।
युट्युबमा हेर्नकाे निम्ति तलकाे लिंकमा क्लिक गर्नुहाेला ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij