सिराहा । सिराहाको कर्जन्हा-२ मा भाइको हत्याको अरोपमा पक्राउ परेकी १६ वर्षीया किशोरी पि्रयंका यादवले प्रहरी चौकीमै आत्महत्या गरेकी छन् । आफ्नो यौन सम्बन्ध लुकाउन ठूलोबुबाका छोरा भवेश यादवको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी आज मध्याहृन सार्वजनिक गरेको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयामा को टोलीले पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, त्यहाँ थुनुवा राख्ने ठाउँ नभएपछि इलाका प्रहरी कार्यालय बिष्णुपुर लगिएको थियो । साँझ ५ बजेतिर प्रहरीको अनुमतिमा चौकीकै बाथरुममा नुहाउन छिरेकी उनले सलको पासो लगाएर आत्महत्या गरेको बिष्णुपुर प्रहरीचौकीले पुष्टि गरेको छ ।
महिला थुनुवा कक्ष भित्रै रहेकाे बाथरुममा भएको भन्दै नुहाउन भनेर छिरेकी यादव केहिबेर पछि नै चलेको नसुनिएपछि बाथरुमको माथिबाट हेर्दा मृत्यु भइसकेको पाइएको सिरहाका एसपी शेखर कोइरालाले जानकारी दिए । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याइने प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij