२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

भयरहित वातावरणमा मत हाल्ने वातावरण बनाउनेबारे सुरक्षा निकायलाई अाग्रह

भयरहित वातावरणमा मत हाल्ने वातावरण बनाउनेबारे सुरक्षा निकायलाई अाग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले चाहेको उम्मेदवारलाई निर्धक्कसँग मत हाल्ने वातावरण बनाउन सुरक्षा निकायलाई पुनः निर्देशन दिएका छन् ।  प्रधानमन्त्री देउवाले निर्वाचनविरोधि गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न पनि सुरक्षा निकायलाई सचेत गराए । 

आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित प्रदेश नम्बर ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले निर्वाचनमा हुने बुथ कब्जा लगायतका अवाञ्छित गतिविधिलाई निरुत्साहित हुने गरी सुरक्षा व्यवस्थालाई सदृढ बनाउन पनि ढिलाई गर्न नहुनेमा जोड दिए ।
गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले ‘चेन अफ कमान्ड’ भित्रै रहेर निर्वाचनमा उच्च सुरक्षा सतर्कता अपनाउन पनि सचेत गराए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij