नेपालमा अहिले बिस्तारै धेरै सङ्ख्यामा इ–कमर्स कम्पनीहरु संचालनमा आइरहेका छन् । साथै केही नयाँ आउने क्रममा समेत छन् । यसलाई हेर्दा नेपालमा इ–कमर्सको व्यापार बढ्दो छ भन्ने बुझ्न सकिन्छ । तर धेरैजसो अवस्थाहरुमा नेपाली ग्राहकहरुको प्रतिक्रिया अनलाइनमा आधारित इ–कमर्स व्यवसाय प्रति पूर्ण विश्वासिलो बन्न सकेको छैन ।
अनलाइनबाट किन्दा सामान राम्रो नभएको, डुप्लीकेट सामानहरु पाईएको तथा सामान समयमा डेलिभरी नभएको आदि समस्या देखिने गरेका छन् । यस्तो समस्यालाई विचार गर्दै नेपाली बजारमा ब्राण्डेड तथा ओरिजिनल सामानहरु मात्र बिक्री गर्ने गरी श्रृंगार डट कम नामक ई–कमर्स कम्पनी हालै मात्र नेपालमा शुरु भएको छ ।
श्रृंगार डट कमका व्यवस्थापक रवि दुवालका अनुसार, श्रृंगार डट कममा केवल ब्राण्डेड कस्मेटिक्स, स्क्रिनकेयर तथा कपडाहरु खरिद गर्न सकिनेछ ।
यस कम्पनी मार्फत केवल ब्राण्डेड सामानहरुको बिक्री गर्ने बिक्रेताहरुले मात्र आफ्ना सामानहरु बिक्री गर्न सक्नेछन् ।
नेपाली युवा उद्यमीहरुले संचालन गरेको यो ई–कमर्श कम्पनी गत बर्षको बैशाख देखि परीक्षण संचालन गरिरहेको छ र यो बैशाख देखि पूर्ण रुपमा संचालनमा आउँदैछ ।
थप जानकारीकाे लागि www.sryngar.com हेर्न सकिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij