२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

ब्रह्माण्डीय ऊर्जाबाट कसरी फाइदा लिने ?

ब्रह्माण्डीय ऊर्जाबाट कसरी फाइदा लिने ?

 

विश्वभरका मानिसहरू आधुनिकतातिर ढल्कँदै गर्दा मानवीय गतिविधिहरूमा जति सहजता थपिँदै गएको छ, त्यसैअनुसार अन्य असरहरू पनि देखिने गरेका छन् । जसका असर व्यक्तिको मन, बचन, व्यवहार, दिमाग र शरीर एवं स्वास्थ्यमा पर्दै गएको छ । फलस्वरूप मानिसहरूमा अनेकौँ मानसिक समस्या, अशान्ति, छटपटी, पीडा बोध,  वादविवाद, झै-झगडा, सम्बन्धमा समस्या, रिस, राग, घमण्ड आदि अत्याधिक वृद्धि हुँदै गएका छन् । र यो क्रम उच्च हुँदैछ । विश्वभरि नै अबको चुनौती मानसिक समस्यासँग कसरी जुध्ने भन्नेमा केन्द्रित छ, विकसित देशहरूमा यसको जटिलता अत्याधिक भैसकेको छ । जसकारण उनीहरू आध्यात्मिक बाटो र उपचारतर्फ सजक हुँदैछन्,  हाल नेपालमा पनि यो समस्याले उग्ररुप लिँदैछ । जसको असर सामाजिक सञ्जालमा धेरै देखिने गरेको छ । यो समस्याको पूर्ण समाधान अनि  सहज जीवनका लागि केही कुरा मात्र परिवर्तन गर्दा पनि निकै ठुलो भिन्नता देखिन थाल्छ । आउनुहोस्,यसबारेमा केही चर्चा गरौँ ।

के हो ब्रह्माण्डीय ऊर्जा ?

ब्रह्माण्ड  वैज्ञानिकका लागि स्पेस हो, ऊर्जाको केन्द्र हो । हिन्दूको लागि ब्रह्मा हो । मुसलमानको लागि अल्लाह हो,  इसाईको लागि जिसस हो,  हर कोही धर्मको आस्था हो । जहाँ एक अलौकिक शक्ति हुन्छ, जुन विश्वास र सकारात्मकतामा मात्र काम गर्छ । हर कोही व्यक्तिले त्यो ऊर्जा आफू भित्र खिच्न सक्छ । यसका लागि विभिन्न माध्यम तरिकाहरु छन् । जसबाट  मान्छे महामानव बन्न सक्छ । दुखद् अवस्थाबाट खुसी पाउन सकिन्छ । भौतिक सुख सुविधा, उच्च ब्यक्तित्व, मानसिक तथा शारीरिक समस्याबाट मुक्ति आदि सबै पाउन सकिन्छ ।

यो संसारमा भएका हरेक चिजमा शक्ति  हुन्छ । जुन ब्रह्माण्डसँग जोडिएको हुन्छ तपाइ हामी सजीव निर्जीव हर कोही एउटा शक्ति भित्र बाँधिएको हुन्छौँ । त्यो कुरा बुझ्यौँ भने हामीले सामान्य तरिकाले पनि यसको भरपुर उपयोग गर्न सक्छौँ । हामीले सधैँजसो सुन्ने गरेको शब्दहरु Law of attraction, law of positivity, subconscious mind, mind programming, energy healing, hypnosis, AURA power, chakra balanced, NLP, cosmic energy, मन्त्र, vibration साथै जप, तप, ध्यान, साधना, योग, भक्ति यी सब कुराहरु केवल ब्रह्माण्ड सम्म पुग्नका लागि बाटो मात्र हुन् । जसले हामीलाई  ब्रह्माण्डसँग जोडाउने काम गर्छन् । यी कुराहरु माइण्ड प्रोग्रामिङ ट्रेनर मार्फत, NLP trainer मार्फत्, विपश्यना ध्यान मार्फत, कुण्डलिनी जागरण वा  अन्य हिलिङ थेरापी लगायत  मार्फत पनि उपयोगमा ल्याउन सकिन्छ ।

ब्रह्माण्ड  वैज्ञानिकका लागि स्पेस हो, ऊर्जाको केन्द्र हो । हिन्दूको लागि ब्रह्मा हो । मुसलमानको लागि अल्लाह हो,  इसाईको लागि जिसस हो,  हर कोही धर्मको आस्था हो । जहाँ एक अलौकिक शक्ति हुन्छ, जुन विश्वास र सकारात्मकतामा मात्र काम गर्छ । हर कोही व्यक्तिले त्यो ऊर्जा आफू भित्र खिच्न सक्छ ।

यी सबै माध्यममा साझा कुरा भनेकै सकारात्मक सोच हो । धैर्यता र शान्त मन हो । निकोला टेस्ला, अल्बर्ट आइन्स्टानले समेत यही मार्ग मार्फत आफूलाई प्रमाणित गरेका हुन् । यी ज्ञान गौतम बुद्ध देखि भागवतगीता सम्म बाइबल देखि कुरान सम्म यथावत छन् । तर चरम आधुनिकता, कृतिमता, व्यस्त जीवनसैली, अव्यावहारिक शिक्षा, गलत मानसिकता, गलत बुझाइ र गलत जिवनशैली को कारण मानिस अत्यन्तै जटिलतातिर धकलिँदैछ तर  हाम्रो सनातन धर्म, पुरानो सँस्कार आदिइत्यादि कुराहरुमा यी सबै समस्याहरुबाट निक्लिने उपायहरु प्रशस्त उपलब्ध छन् । तर हामी भित्रको नकारात्मक ऊर्जाले हामीलाइ त्यो कुरा पाउनबाट रोकिरहेको छ । नयाँ पुस्ताका साना भाइबैनिहरुमा शिक्षाको विकास गर्न व्यवस्थित र सकारात्मक जीवनको विकास गर्नका लागि यी कुराहरुको ज्ञान र व्यावहारिक प्रयोग अत्यन्तै आवश्यक छ ।

हामीले सधैँजसो सुन्ने गरेको शब्दहरु Law of attraction, law of positivity, subconscious mind, mind programming, energy healing, hypnosis, AURA power, chakra balanced, NLP, cosmic energy, मन्त्र, vibration साथै जप, तप, ध्यान, साधना, योग, भक्ति यी सब कुराहरु केवल ब्रह्माण्ड सम्म पुग्नका लागि बाटो मात्र हुन् । जसले हामीलाई  ब्रह्माण्डसँग जोडाउने काम गर्छन् । यी कुराहरु माइण्ड प्रोग्रामिङ ट्रेनर मार्फत, NLP trainer मार्फत्, विपश्यना ध्यान मार्फत, कुण्डलिनी जागरण वा  अन्य हिलिङ थेरापी लगायत  मार्फत पनि उपयोगमा ल्याउन सकिन्छ ।

 ब्रह्माण्डीय ऊर्जा  कसरी आफू तिर खिच्ने ? कसरी सकारात्मक हुने ?

कुनै पनि  कुरालाइ आफूतिर तान्नको निम्ति स्वयम् अत्यन्तै सकारात्मक र सुखद् अवस्थामा हुन जरुरी रहन्छ, त्यसमा खुसी अनुभव गर्नुपर्दछ । तब मात्र आकर्षणको नियमले काम गर्दछ, जसको लागि सामान्य परिवर्तनहरु जस्तै झुट नबोल्ने, कुलत छोड्ने, बिहान चाँडो उठ्ने प्रयास गर्ने सम्भव भएसम्म ब्रम्हमूहुर्त (विहान ३ देखि ५ बजेको समय) भित्र आफू र आफूसँग उपलब्ध भएका चिजको लागि ब्रह्माण्डलाइ धन्यवाद दिने वा आफूले स्वीकार गरेको भगवानलाइ सम्झिने ।   सामान्य योगा वा ध्यान वा त्राटक वा प्राणायाम, जे सकिन्छ त्यो गर्ने । यति कुरालाइ मात्रै अपनाउन लाग्यौँ भने पनि २-४ दिनमै तपाई हामीमा धेरै परिवर्तन महसुस हुन शुरु गर्दछ । बिस्तारै त्यसका असर सबै कुरामा देखिन थाल्छ । साथै हामीले सामान्य ho oponopono Affirmation को प्रयोग पनि गर्न सक्छौँ, जसमा

 I am sorry

Please forgive me

I love you

Thank you (१०८)

लगायत भन्नुपर्ने जरुरी हुन्छ ।

यही कुरा आफूले आफूलाई र आफ्नो बिग्रिएको काम अनि सम्बन्धको लागि पनि गर्न सक्छौँ, जसबाट बिस्तारै तपाइको बिग्रिएको काम बन्दै जान्छ। तपाइको शरीरको positive AURA बढ्न थाल्छ । जसबाट बिग्रिएको सम्बन्ध राम्रो हुने हो ।

त्यसको जाँचका लागि हामीले २ वोटा कपरको रड २ हातले हल्का समाएर कति मिटर सम्म आफ्नो औरा फैलिएको छ भनेर हेर्न  सक्छौँ । साथै अन्य ठाउँहरुको positivity र negativity  पनि चेक गर्न सक्छौँ ।

सकारात्मक सोचसँगै विस्तारै हामीले इनर्जी हिलिङ पनि गर्न सक्छौँ । जुन कुरा अहिले युट्युबहरु लगायतबाट पनि सिक्न मिल्छ ।  जसले हामीभित्र भएको नकारात्मक कुरालाइ हटाएर राम्रा मान्छे अनि आफुले  चाहेको कुराहरु पनि आकर्षित गर्न सहयोग पुग्छ । बस्, यो काम पूर्ण विश्वासको साथ गर्नुपर्दछ ।

हामीले मागेको कुरा ब्रह्माण्ड सम्म कसरी पुग्छ अनि कसरि काम गर्छ ?

ऊर्जाको स्तरमा हर कोही मानिसमा समान क्षमता हुन्छ भन्ने मानिन्छ । अर्थात् एक व्यक्तिलाइ सम्भव हुने हरेक  काम अर्कालाइ पनि सम्भव हुन्छ । हामीले universe को माध्यमबाट  जे कुरा पनि सम्भव पार्न सक्छौँ । बस तन, मन, वचन उद्देश्य र कार्य सहि हुन पर्दछ र प्रकृतिको विरुद्ध पनि हुनुहुँदैन।

जब हाम्रो मन सकारात्मक हुन्छ । पूर्ण उदेश्य सहित हाम्रो दिमागमा प्रस्ट परिकल्पना हुन्छ हामीले चाहेको कुरा (SMART)  Specific, Measurable, Achievable, Realistic,  Time Bounded भएमा त्यो हामीले प्राप्त गर्न सक्छौँ । जसको लागि माथि भनिएजसरी law of attraction र  affirmation प्रयोग गर्न सकिन्छ । यस्ता धेरै बाटोहरु छन् । जसमा टेलिप्याथीबाट हामी आफ्नो मान्छेलाए सूचना पठाउन पनि सक्छौँ, अबचेतन मनलाइ re-program गर्न पनि सक्छौँ । बिरामीलाइ निको बनाउन सक्छौँ । मानसिक समस्या, डर, चिन्ता, भयबाट छुटकारा पाउन सक्छौँ । यस्ता धेरै कामहरु गर्न सक्छौँ, मात्र तपाईँ हाम्रो सोच र मन सुद्ध हुन जरुरि हुन्छ ।

हामी ब्रह्माण्ड सँग सम्पर्कमा आउनका लागि सामान्य केही कुरा मात्र गर्दा पनि सम्भव छ, जस्तै शान्त ठाउँमा या राति सुत्दा आफ्नो स्वासलाइ केही मिनेट  ध्यान दिने र आनन्द महसुस गर्ने, कुनै प्रकाश या सूर्यलाइ महसुस गर्ने र  खुसी हुने । ब्रह्माण्डलाइ  धन्यबाद दिने । शरीर को ७ चक्रलाइ केही मिनेट हेर्ने, अनि आफूले चाहेको कुराहरु डायरीमा लेख्ने या बिहान बेलुका पटक पटक पढ्ने लगायत । यस्ता अनेकौँ तरिकाहरु छन्, जुन युट्युबबाट समेत सिक्न सकिन्छ ।

अन्त्यमा

हाम्रा सबै समस्या र दुखको कारण हामी नै हौँ । केही सामान्य कुराहरु व्यवहारमा लागु गर्दा पनि हाम्रो जीवनस्तर धेरै माथि पुर्याउन सकिन्छ । हाम्रा ९० % समस्याबाट आफैँ बाहिर आउन सकिन्छ,  नकारात्मकता र गलत बानीव्यवहारले गर्दा हाम्रो दिमाग, हाम्रो काम, हाम्रो सम्बन्ध लगायत सबै कुराहरुमा बाधा अवरोध सृजना भएको हुन्छ । तसर्थ थोरै मात्र केही अभ्यास गर्दा पनि धेरै कुरा आफैँ मिल्छन् ।  सकारात्मकताले ब्रह्माण्ड सम्म जोड्छ । जीवनलाइ सहज र खुसी बनाउँछ । जसबाट  आध्यात्मिक चेतना पाउन सकिन्छ । जसको लागि योग ध्यानको आवश्यकता पनि पर्दैन । देशका नेता जनता युवा विद्यार्थी हरकोहीले थोरै कुरा व्यवहारमा लागु  गर्दा पनि निकै नै ठूलो परिवर्तन आउन सक्छ । धन्यवाद !!

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij