२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

ब्यक्तिगत प्रयासबाट ठमेलमा ब्रुमरको प्रयोग

ब्यक्तिगत प्रयासबाट ठमेलमा ब्रुमरको प्रयोग

काठमाण्डौं । पछिल्लो समय राजधानी काठमाण्डौको अवस्था हेर्ने हो भने मानव स्वास्थ्थ बिपरीतको बायुमण्डल बनिसकेको छ । अझ पर्यटकिय स्थानहरुको वाताबरणको कुरा गर्ने हो भने त्यहाँ पनि उस्तै बेहाल छ । नेपालको प्राकृतिक सुन्दरता हेर्न आएकाहरु मास्क लगाएर हिंड्नु पर्ने अवस्थाले बिदेशी पर्यटकको नेपाल बसाई कसरी लम्बिएला ? प्रश्न उठ्छ । ठमेललाई पर्यटनको राजधानी भनिन्छ । त्यहाको हालत पनि उस्तै छ ।
तपाई पछिल्लो समय ठमेल कत्तिको घुम्नु भएको छ ? सञ्चयकोष भवन देखि नर्सिंङ चोक सम्मको बाटो हिँड्नु भएको छ भने त तपाई जानकार हुनु हुन्छ होला अन्यथा आज हामी देखाउन लागेको बिषय धेरैलाई नौलो हुन सक्छ । बिकसीत देशहरुमा सडकमा भएको धुलो नियन्त्रण गर्न सरकारी स्तरबाटै ब्रुमर अर्थात् धुलो तान्ने मेसिनको प्रयोग गरिन्छ तर नेपालमा भने महानगरपालिकाले धुलो नियन्त्रण गर्ने सोच्न समेत भ्याएकोे छैन ।

राज्यको मुखा ताक्दा निरास बन्नु पर्ने भएकाले ठमेलका एक ब्यबसायी महेश मर्हजनको एक्लो प्रयासबाट हातले चलाउन मिल्ने ब्रुमर सञ्चालनमा आएको पनि ३ महिना हुन लाग्यो । यो ब्रुमर किन्न मर्हजनले १ लाख २५ हजार रुपैया खर्च गरेका छन् । जब आफ्नो पसल वरपरको धुलो यसले नियन्त्रण गर्न थाल्यो तब छिमेकीले पनि उनलाई सहयोग गरे । हाल उनलाई अन्य ६ जना ब्यबसायीले पनि सहयोग गरेका छन् ।

दैनिक ३ पटक हाते ब्रुमरको सहायताले धुलो टिप्ने काम हुँदा ब्यबसायी देखि पर्यटकले धेरै राहत पाएका छन् । यस्मा बिग्रीने सामान केही छैन मात्रै भित्र पट्टिको ब्रस हो त्यो पनि साँडे एक बर्ष सम्म टिक्छ । तसर्थ महेश मर्हजनको अनुकरणीय कार्यबाट धेरैले सिक्नुपर्छ । उनलाई हिजो आज धेरैले सोध्ने पनि गरेका छन् यो कहाँबाट ल्याएको हामी पनि ल्याउनु पर्यो भनेर । अहिले दैनिक ३ पटक धुलो उठाउने काममा एक जना मात्रै कर्मचारी छन् उनलाई महिनाको १० हजार पारिश्रमीक दिए पुग्छ । जस्को लागि टोलबासीले सहयोग गर्ने भए पछि महेश पनि दंग छन् । उनको सानो प्रयासले धेरैलाई उर्जा मिल्ने छ भन्ने हामीले आशा गरेका छौ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij