२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बुबा र आमापछि छोरासँग प्रतिस्पर्धा: सिराहामा रोचक बन्दैछ चुनाव

बुबा र आमापछि छोरासँग प्रतिस्पर्धा: सिराहामा रोचक बन्दैछ चुनाव

सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ र ०५६ मा कांग्रेस नेता पद्मनारायण चौधरीसँग प्रतिस्पर्धा गरेका लगनलाल चौधरी आसन्न प्रदेशसभा निर्वाचनमा उनका छोरासँग प्रतिस्पर्धामा उत्रेपछि चुनाव रोचक बनेको छ । लगनलाल राप्रपाबाट हालै सम्पन्न स्थानीय तहको चुनावमा लहान नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए ।अहिले उनी एमालेमा प्रवेश गरी वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क को उम्मेदवार बनेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनका भतिजा पूर्वमन्त्री पद्मनारायण चौधरीका छोरा सन्तोष चौधरी प्रदेशसभा १ क बाटै काग्रेसको तर्फबाट उम्मेदवार बनेपछि चुनाव रोचक बनेको हो । यस्तै, दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ३ बाट कांग्रेस नेतृ सीतादेवी यादवसँग एमाले नेता प्रमोद यादवले प्रतिस्पर्धा गरेका थिए ।

प्रदेशसभा निर्वाचनमा ३ ख बाट पूर्वमन्त्रीसमेत रेहकी सीतादेवी यादवका छोरा सुभासले उम्मेदवारी दिएका छन् भने, एमालेबाट प्रमोद यादव उम्मेदवार बनेका छन् । विगतमा सीतादेवीसँग प्रतिस्पर्धा गरेका प्रमोद अहिले प्रदेशसभामा उनैका छोरासँग प्रतिस्पर्धा गर्नुले पनि चुनाव रोचक बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij