२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

बीमा क्षेत्रमा शंकास्पद कारोबार रोक्न अध्यक्ष सिलवालको निर्देशन

बीमा क्षेत्रमा शंकास्पद कारोबार रोक्न अध्यक्ष सिलवालको निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा शङ्कास्पद कारोबार सम्बन्धित कम्पनीका अध्यक्ष तथा सीईओहरुलाई निर्देशन दिएका छन् । बुधबार राजधानीमा सम्पन्न सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापबाट हुनसक्ने वित्तीय लगानी विरुद्धको अन्तर्राष्ट्रिय सफ्टवेयर गोएमएल कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

कार्यक्रममा सिलवालले बीमा क्षेत्रमा शङ्कास्पद कारोबार नियन्त्रणका लागि तर्कबितर्क नगरी त्यसको गम्भीरतालाई बुझेर कानुन बमोजिम काम गर्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिए । बीमा क्षेत्रमा शङ्कास्पद कारोबार हुन नदिनका लागि वित्तीय जोखिमाङ्कनमा सुधार गर्न, लक्ष्यमा मात्र जोड नदिई गुणस्तरीय कारोबार गर्न, शङ्कास्पद लगानीका बारेमा जानकारी दिन परिपालन अधिकृतको मात्र भर नपरी प्रमुख कार्यकारी अधिकृत स्वयम् जबाफदेही बन्न र आम्दानीको कम्तीमा पनि २ प्रतिशत रकम कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि छुट्याई कर्मचारीमा विज्ञता विकास गर्न समेत अध्यक्ष सिलवालले बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

बीमा क्षेत्रमा हुनसक्ने सीमा तथा शङ्कास्पद लगानी नियन्त्रण गर्नका लागि सबै बीमा कम्पनीहरूले गोएमलएल सफ्टवेयर कार्यान्वयनमा ल्याई शङ्कास्पद कारोबारहरूका बारेमा अनिवर्यारूपमा समयमा नै वित्तीय जानकारी इकाई(एफआईयू) मा पठाउनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईका प्रमुख दीर्घबहादुर रावलले कानुनी र आर्थिकरूपले उद्देश्य स्पष्ट नभएका लगानी जोखिमयुक्त हुने भएकाले बीमा कम्पनीहरूले त्यसतर्फ ध्यान दिनुपर्ने र कारोबारमा शङ्का लाग्ने बित्तिकै वित्तीय जानकारी इकाईमा जानकारी दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij