
काठमाडौं । विश्व स्वास्थ्य संठन डब्ल्युएचओले १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने बारेमा नयाँ नियम जारी गरेको छ ।
डब्ल्यूएचओले १२ वर्षभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीले वयस्क व्यक्तिले जस्तै मास्क लगाउनुपर्ने जनाएको जनाएको छ ।
वयस्क उमेर समुहले जसरी नै बालबालिकाले पनि त्यति नै भाइरस फैलाउने प्रमाण भेटिएको यस्तो नियम लागु गरिएको स्वास्थ्य अधिकारीहरुलो जनाएका छन् ।
तर उसले पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाउन तथा ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन भनेको छ ।
त्यसैगरी, ६० वर्षभन्दा कम उमेरका मानिसहरुले कपडाको मास्क लगाउनुपर्ने र त्योभन्दा धेरै उमेर भएका तथा अन्य रोगबाट ग्रसित भएकाहरुले मेडिकल मास्क लगाउनुपर्नेमा डब्ल्यूएचओले जोड दिएको छ । एजेन्सी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij