२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बाम गठबन्धन सिनपा वडा नं ८ को घर दैलो सम्पन्न

बाम गठबन्धन सिनपा वडा नं ८ को घर दैलो सम्पन्न

भैरहवा । संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति वडा नं ८ को घर दैलो कार्यक्रम सम्पन्न भएको छ । बाम गठबन्धनको किल्लाका रुपमा परिचित वडा नं ८ ले आठ महिना ८ गते ८ ठाउंमा कोण सभा गरी इतिहास कायम गरेको थियो । उक्त कार्यक्रमहरुमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ संयुक्त बाम गठबन्धन सदस्यका उम्मेदवार घनश्याम भुषाल, प्रदेश एक का संयुक्त बाम गठबन्धन सदस्य पदका उम्मेदवार विश्वास बराल अनुप, नेकपा माओवादी केन्द्रका केन्दीय सचिवालय सदस्य हकि कुल्ला खां लगायतले बाम गठबन्धन ऐलेको आबश्यकता भएको बताएका थिए ।

भैरहवा वडा नं ८ को विपी पथ, बैंक क्लोनी, शीव पथ, बसडिलवा, अन्नपूर्ण टोल र शालीग्राम पथमा गरी घर दैलो कार्यक्रम समापन भएको नेकपा एमाले नगर कमिटि उपाध्यक्ष तारापती भण्डारीले बताए ।

अब मतदाता शिक्षा सिकाउने कार्यक्रमहरु रहेको भण्डारीले बताएका थिए । घरदैलो तथा वडाका विभिन्न कार्यक्रमहरु संयुक्त निर्वाचन परिचालन समितिका सदस्य उमेश थापा लाटो मगरको अध्यक्षता र समितिका सहसंयोजक गोरख निशादको स्वागतमा विभिन्न कार्यक्रमहरु समापन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij