२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

बाबु र छोरीबिचको सम्बन्ध झल्काउने गित ‘मेरी छोरी’ युट्युबमार्फत दर्शकको मन जित्दै

बाबु र छोरीबिचको सम्बन्ध झल्काउने गित ‘मेरी छोरी’ युट्युबमार्फत दर्शकको मन जित्दै

काठमाडौं । लोकदोहोरी गायक मेक्सम खाती र गायिका माण्डवी त्रिपाठीको साथमा बाल गायिका दिपिका कंडेलको आवाजमा रहेको गीतको भिडियो ‘मेरी छोरी’ करोड क्लव पार गरेको छ ।

गायक एवं सर्जक नरेश खातीको शब्द सिर्जना तथा संगीत रहेको उक्त गीतको भिडियो केहि दिनअघि युट्युबमार्फत सार्वजनिक गरिएको थियो । गीतमा बाबु र छोरीबिचको सम्बन्धलाई शब्दमार्फत दर्शाइएको छ ।

प्रिज्म स्टुडियोमा रेकर्ड गरेर बजारमा ल्याइएको उक्त गीतमा पुरुषोत्तम न्यौपानेको संगीत संयोजन रहेको छ । साथै, क्रान्ती केसीको निर्देशनमा तयार भएको गीतको भिडियोमा अजय रेग्मीको छायांकन रहेको छ भने नायक दिलिप रायमाझी, नायिका दिया जिसी र बाल कलाकार एभिलिना खड्काले अभिनय गरेका छन् ।

दर्जनौं गीत सिर्जना गरेर बजारमा ल्याएका मध्ये अहिलेएसम्मकै करोड क्लव पार गर्न सफल यो गीत पहिलो भएको सर्जक नरेश खातीले जानकारी दिएक छन ।

खाती दाजु भाइ गुल्मि घरभइ हाल काठमाडौंलाई आफ्नो कर्म क्षेत्र बनाइ नेपाली गित संगीतलाई उचाइमा लैजान महत्त्वपूर्ण भुमिका खेल्दै आउनु भएका सर्जक हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij