काठमाडौं । रसुवा बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार रातिसम्ममा १५७ जनाको शव फेला परेको हो।
रसुवामा ३, नुवाकोटमा १३ र धादिङमा २७ जनाको शव भेटिएको छ। त्यस्तै चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९,र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
बाढीमा अझै सयौँ बेपत्ता छन्। नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्सपेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना बेपत्ता छैन।
बेपत्ताहरूको यकिन विवरण आउन सकेको छैन।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij