२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बनस्थलिमा केस्काे विजनेश लिंकले सञ्चालन गर्यो हार्डवेयर व्यवसाय

बनस्थलिमा केस्काे विजनेश लिंकले सञ्चालन गर्यो हार्डवेयर व्यवसाय

काठमाडौंको वनस्थलि स्थित हार्डवेयर क्षेत्रसँग सम्बन्धित सामानहरु सुपथ मुल्यमा उपलब्ध गराउने उद्धेश्यले केस्को विजनेश लिंक नामक हार्डवेयर व्यवसाय सञ्चालनमा आएको छ ।
ग्रिल तथा स्टिलको क्षेत्रमा आवश्यक पर्ने सबैजसो सामानहरुको अलावा अन्य सामानहरु पनि उक्त पसलमा उपलब्ध हुने सञ्चालक ठूलोबाबु श्रेष्ठले जनाउनुभएको छ ।


हार्डवेयर व्यवसायको उद्घाटन नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले गर्नुभएको हो । व्यवसायीहरुको बाक्लो उपस्थिति बीच उद्घाटन गरिएको उक्त कार्यक्रममा ग्रिल तथा स्टिलको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुको अलावा स्थानीय उद्योगी, व्यापारी, समाजसेवी लगायतका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ठूलाेबाबु श्रेष्ठ, प्रबन्ध निर्देशक, केस्काे ट्रेड लिंक

नयाँ व्यवसाय शुरु गर्नुभएका श्रेष्ठ ग्रिल तथा स्टिल व्यवसायी महासंघका प्रथम उपाध्यक्ष समेत हुनुहुन्छ । व्यवसायलाई व्यवस्थित गर्नको निम्ति हार्डवेयर उद्घाटन समारोहको अवसरमा महासंघका अध्यक्ष मोहन कटुवालले नेपालमा हार्डवेयर व्यवसायको सम्भावना राम्रो रहेको बताउँदै यस व्यवसायलाई थप व्यवस्थित तवरले सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij